watch first and then search

watch first and then search

Friday, December 2, 2016

जंगलमा मृत फेला परेकी महिला घोराही निवासी, हत्याको आशंका



मंसिर, १६ नेपालगन्ज ।

तुलसीपुर–अमेलिया सडक खण्डको जंगलमा मृत अवस्थामा फेला परेकी महिलाको बुधवार साँझ पहिचान खुलेको छ ।

मृतक घोराही नगरपालिका वडा नं. ११ निवासी ३७ बर्षीया मिना बुढा मगर रहेको दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।

बुढा मगलको शव मंगलवार जंगलमा फेला परेको थियो । एसपी सिंहले महिलाको बुढा मगरको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरे । शव प्राप्त भएको स्थान र प्रकृति हेर्दा बुढा मगरको हत्या भएको आशंका गर्न सकिने आधारहरु रहेको एसपी सिंहले जानकारी दिए ।

अमेलिया चोकको झन्डै तीन किलोमिटर उत्तर तर्फ दाङको तुलसीपुर आउने बाटोमा नजिकै जंगल भित्र बुढा मगरको शव फेला परेको थियो ।

स्थानीय महिलाहरु मेलापात गएको समयमो शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment

watch first and then search