watch first and then search

watch first and then search

Sunday, December 18, 2016

धुर्मुस सुन्तलीले अर्को एकिकृत बस्ती निर्माण गर्ने



पुस, ३ नेपालगन्ज ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले राजनीतिक परिवर्तनको लागि पटक–पटक सडकमा उत्रेपनि अव भने मुलुकको विकासको लागि सडकमा उत्रनु पर्ने बेला आएको बताउनुभएको छ ।

फाउण्डेशनले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा बोल्दै उहाँले सो कुरा बताउनुभयो हो । राजनीतिक परिवर्तनको लागि हामीले धेरै सडक संघर्ष गरेको बताउदै उहाँले अव भने समग्र मुलुकको विकासको लागि संघर्ष गर्न आवश्यक रहेको बताउनुभयो ।

चर्चित हाँस्य कलाकार समेत रहनुभएका कट्टेल नेपालगन्जमा बालमैत्री नेपाल बनाउने अभियानलाई सघाउ पु¥याउने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘ज्योति’ को प्रदर्शनका लागि नेपालगन्ज आउनुभएको हो ।

उहाँले यतिबेला सबै नेपाली राष्ट्रियताको लागि स्वतन्त्र नागरिक भएर अघिबढ्नु पर्ने बेला आएको कुरामा जोड दिदै दुई वर्ष हुँदा पनि भुकम्प पीडितले आवास पाउन नसकेको कारण आफुहरुले राष्ट्र निर्माणमा केही योगदान पु¥याउने उद्देश्यले धुर्मुस सुन्तली फाउण्डेशन सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले छिटै नै आफुहरुले अर्को एकिकृत बस्ती निर्माण गर्न थालेको जानकारी समेत दिनुभयो ।

सरकारले फाउण्डेशनलाई भुम्कप प्रभावित १२ जिल्लामा पुन निर्माण गर्ने जिम्मा दिए १ बर्षभित्र पुननिर्माण गरेर हस्तातरण गरिसक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै कलाकार तथा फाउण्डेशनकी कुञ्जना घिमिरे (सुन्तली) ले कलाकारले पनि राष्ट्रनिर्माणमा केही गर्न सक्छन भन्ने सन्देश दिनको लागि आफुहरुले भुकम्प पीडितको लागि सुरक्षित आवास निर्माणमा लागेको जानकारी दिनुभयो ।

नेपाल सरकारका सरसफाई दूत समेत रहेका धुर्मुस सुन्तली ज्योती चलचित्र बालमैत्री बातावरणको लागि निर्माण गरिएको र बालमैत्री नगर, गाविस र जिल्ला बनाउने अभियानको अभियन्ताको रुपमा नेपालगन्ज आइपुगेका हुन् ।

No comments:

Post a Comment

watch first and then search