watch first and then search

watch first and then search

Sunday, January 1, 2017

उपराष्ट्रपति पुन पर्यटकीयस्थल कन्याममा



इलाम, १६ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले इलामको पूर्वी भेगका पर्यटकीयस्थलहरूको आज अवलोकन गर्नुभएको छ । इलामको चियाबगानसहित पर्यटकीयस्थलको अवलोकनका लागि शुक्रबार साँझ कन्याम आइपुग्नुभएका उपराष्ट्रपतिले पर्यटकीयस्थल कन्याम, समालबुङ र श्रीअन्तु तथा पशुपतिनगरको अवलोकन गर्नुभएको हो ।

सातौं राष्ट्रिय खेलकुद समापन कार्यक्रमपछि उहाँ पहिलोपटक कन्याम आउनुभएको उहाँका प्रेस सल्लाहकार मनोज घर्तीले जानकारी दिनुभयो । उहाँले फिक्कलस्थित गोर्खा टी स्टेट तथा करफोकमा विद्यामन्दिर उच्च माविको समेत अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । पूर्वी इलामको अवलोकनपछि आइतबार उपराष्ट्रपति झापा फर्कने कार्यक्रम रहेको प्रेस सल्लाहकार घर्तीले जनाउनुभयो ।

No comments:

Post a Comment

watch first and then search