watch first and then search

watch first and then search

Monday, November 7, 2016

प्रचण्ड लग्यो ठुलो झड्का, सोच्दै नसोचेको कुरा आफ्नै पार्टीकार्यालय भित्रै , अब प्रचण्डले के गर्लान ?









माओवादीका बर्हिगमित लडाकूहरुले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय कब्जामा लिएका छन्।परिवारसहित आएका माओवादीका बर्हिगमित लडाकूहरुले सोमबार दिउँसो माओवादी केन्द्रको पेरिसडाँडामा रहेको पार्टी कार्यालय कब्जामा लिएका हुन्। बर्हिगमित लडाकूहरु परिवार तथा बालबच्चासहित माओवादी केन्द्रको पार्टी कार्यालयभित्र प्रवेश गरेका हुन्।






तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि गरिएको सेना समायोजनका क्रममा अयोग्य ठहरिएका बर्हिगमित लडाकूहरु परिवारसहित माओवादी केन्द्रको पार्टी कार्यालय पुगेका हुन्। प्रहरीका अनुसार उनीहरु पार्टी कार्यालयमा कार्यक्रम रहेको भन्दै पालै पालो कार्यालयमा प्रवेश गरेका थिए।

सेना समायोजनका बेला आफूहरुलाई अयोग्य ठहर गरिएपनि आफूहरुलाई अझैसम्म न्याय नदिलाएको र सरकारसँग यसअघि भएका सहमतिको कार्यान्वयन नगरिएकाले पार्टी कार्यालयभित्रै प्रवेश गरेर आन्दोलन थालिएको बहिगर्मित जनमुक्ति सेना नेपालका अध्यक्ष लेलिन विष्टले बताए। उनले सरकारसँग भएका सहमति कार्यान्वयन नभएसम्म आफूहरु पार्टी कार्यालयमै बस्ने बताए।

विष्टले अहिलेसम्म आफूहरुलाई सरकारले कुनै सेवा सुविधा नदिएको बताए। बर्हिगमित लडाकूहरुलाई तत्कालीन माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बर्हिगमित लडाकूहरुलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो। विष्टले भट्टराई सरकारसँग भएको ७ बुँदे सहमति कार्यान्वयन गर्न पनि सरकारसँग माग गरे।

तत्कालीन माओवादीका हाल एकीकरणपछि बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले मुलुकको प्रधानमन्त्री छन्।

No comments:

Post a Comment

watch first and then search