watch first and then search

watch first and then search

Friday, November 18, 2016

प्रचण्डलाई अर्को झड्का ! ओलीकै लाइनमा माओवादी केन्द्रका नेताहरु !



काठमाडौँ, ४ कात्तिक । प्रदेश नम्बर ५ लाई फोर्ने विषयमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै पार्टीबाट संकट आइपर्ने देखिएको छ ।

पाँच नम्बर प्रदेशका पाल्पा, गुल्मी र अर्घाखाँचीलाई झिकेर ४ नम्बर प्रदेशमा मिसाउन खोजिएपछि माओवादी केन्द्रका नेताहरु नै अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग चिढिएका हुन् । माओवादीका प्रदेश नम्बर ५ का पोलिटव्युरो तहका नेताहरुको गोप्य बैठकले आफ्नै पार्टीका प्रधानमन्त्रीले अघि सार्न लागेको सीमांकन हेरफेरको प्रस्तावमा असहमति जनाउने निर्णय गरेको छ । पाँच नम्बर प्रदेशका प्रचण्ड निकट मानिएका नेता, बहालवाल मन्त्री तथा प्रधानमन्त्रीकै सल्लाहकार समेत सिमांकन हेरेफेरको विपक्षमा छन् । उनीहरुले गोप्य भेलामा सहभागी भएको एक नेताले बताए ।

केन्द्रमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिमांकन हेरफेरको औचित्य पुष्टि गर्न माग माग गरिरहेका बेला माओवादी केन्द्रका नेताहरु समेत असन्तुष्ट बनेपछि प्रचण्डलाई थप संकट आइपर्ने देखिएको छ । एमालेका उपमहासचिव एवं प्रदेश नम्बर ५ का प्रमुख विष्णु पौडेल लगायतका नेताहरु कुनै पनि हालतमा सिमांकन नस्वीकार्ने पक्षमा छन् । पौडेलकै नेतृत्वमा एमालेले अखण्ड पाँच नम्बर प्रदेश नम्बर अभियान चलाउने तयारी थालेको छ । जसमा माओवादी नेताहरुले अनौपचारिक रुपमा समर्थन गरिरहेका छन् ।

No comments:

Post a Comment

watch first and then search