watch first and then search
watch first and then search
Wednesday, November 9, 2016
इरानमा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अठ्ठाईस पुग्यो
तेहरान, २४ कात्तिक । इराकको दक्षिणी भागमा पर्ने फासर् प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा मारिने व्यक्तिको सङ्ख्या २८ पुगेको छ । इरानको मध्य सहर याज्ददेखि कारबालातर्फ तीर्थयात्रीहरु बोकेर गईरहेको बस दुर्घटनामा पर्दा २८ व्यक्तिको मृत्यु भएको अर्ध सरकारी समाचार समिति मेहरले बिहीबार जनाएको छ ।
बसमा सवार ४० जना यात्रु मध्ये अन्य १२ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भईरहेको छ । स्थानीय समय अनुसार मङ्गलबार राति २०.३० बजे सो घटना भएको बताइएको छ । सुरुमा यस दुर्घटनामा परी २० व्यक्ति घाइते भएका बताइएको थियो तीमध्ये थप आठ जनाको मृत्यु भइपछि सो सङ्ख्या २८ पुगेको बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment