watch first and then search
watch first and then search
Wednesday, November 23, 2016
भारत–पाकिस्तान बिबाद उग्र रोप लिदै ! भारत सेनाको गोलीबारीमा परी पाकिस्तानमा बसमा यात्रा गरिरहेका ९ सर्वसाधारणसहित ११ को मृत्यु
पाकिस्तानी अधिकारीहरुले बुधबार भारतले गरेको गोलीबारीमा परेर बसमा यात्रा गरिरहेका ९ सर्वसाधारणसहित ११ जनाको मृत्यु भएको दाबी गरेको छ ।
विवादित कस्मिरको लाइन अफ कन्ट्रोलमा भएको उक्त घटनामा केही २ जना गाउँलेको पनि मृत्यु भएको बताइएको छ । प्रहरी अधिकारी वसिम खानका अनुसार भारतीय पक्षले गोलीबारी गर्दा निलुम उपत्यकामा बस यात्रा गरिरहेका ९ सर्वसाधारणको मृत्यु भएको थियो ।
त्यस्तै पाकिस्तान नियन्त्रित कश्मिरमा रहेको नाक्याल क्षेत्रमा रहेको एउटा गाउँमा २ जनाको मृत्यु भएको हो । बुधबार बिहान पाकिस्तानी पक्षले गरेको गोलिबारीमा ३ भारतीय सैनिकको मृत्यु भएको थियो । जसको प्रतिक्रियामा भारतीय पक्षले पनि गोलिबारी गरेको थियो ।
गोलिबारी बुधबार बिहान ९ बजेदेखि शुरु भएको थियो । पाकिस्तानी पक्षले बालाकोट भिमबर गाली, कृष्णघाटी र नौशेरामा रहेको भारतीय सुरक्षाकर्मीको पोष्टमा गोलिबारी गरेको थियो ।
माचिल क्षेत्रमा मारिएका तीन भारतीय सैनिकको शव श्रीनगर ल्याइएको छ । त्यसमध्ये एक सैनिकको शव टुक्राटुक्रा पारिएको अवस्थामा फेला परेको बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment