मंसिर ११ – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । क्युवाको कम्युनिष्ट क्रान्तिका नेता क्यास्ट्रोको निधन भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जानकारी दिएको छ ।
फिडेल क्यास्ट्रोले २०११ को अप्रिल १९ मा क्युवा कम्युनिष्ट पार्टीको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि उनका भाइ राहुल क्यास्ट्रो पार्टीको नेता बनेका थिए ।
समर्थकले फिडेल क्यास्ट्रोलाई क्युवाका नागरिकलाई आफ्नो देश फिर्ता दिलाउने व्यक्तिको रुपमा परिभाषित गर्छन् । तर विरोधीले भने विपक्षीलाई क्रुद रुपले दबाएको आरोप लगाउने गरेका छन् ।
गएको अप्रिलमा फिडेल क्यास्ट्रोले कम्युनिष्ट पार्टीको कांग्रेसलाई सम्बोधन गरेका थिए । उनले क्युवाका नागरिक विजयी नागरिक रहेको भन्दै प्रशंसा गरेका थिए । फिडेल क्यास्ट्रोको जन्म सन् १९२६ को अगस्ट १३ मा भएको हो
No comments:
Post a Comment