watch first and then search

watch first and then search

Thursday, November 24, 2016

ट्रम्पका भन्दा २० लाख बढी मत ल्याएर पनि पराजित भएकी रहिछन् हिलारी, यसरी खुल्यो रहस्य



केही दिन अगाडी मात्रै सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनसँग सम्बन्धित नयाँ र रोचक तथ्यहरु बाहिर आउने क्रम जारी छ ।

उक्त चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित हुन पुगेकी डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले ट्रम्पले भन्दा २ मिलियन अर्थात २० लाख भन्दा बढी भोट बढी प्राप्त गरेको युस टुडेले उल्लेख गरेको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार हिलारी पपुलर मतमा ट्रम्प भन्दा २० लाख मतले अघि रहेकी छिन् । उता ट्रम्पले भने इलेक्टोरल कलेजको मत बढी पाएका कारण जित निकाल्न सफल भएका हुन् ।

मत गणनाको परिणाम अनुसार क्लिन्टनले कुल मतको ४७.७० प्रतिशत मत प्राप्त गरेकी थिइन् । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले भने ४७. ५० प्रतिशत मात्र मत प्राप्त गरेर पनि चुनाव जिते ।

No comments:

Post a Comment

watch first and then search