watch first and then search
watch first and then search
Wednesday, November 9, 2016
सोलार सर्ट हुँदा दुइ घर आगलागी
सोलारको विद्युत् सर्ट भएर आगलागी हुँदा ओखलढुंगाको माधवपुरमा दुई घर जलेका छन् । छानामा राखिएको सोलारको तार सर्ट भएर आगलागी हुँदा माधवपुर ७ का भीमबहादुर मगरका दुई घर जलेर नष्ट भएका हुन् । आज दिउँसो भएको आगालागीबाट सात लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मानिस नभएको समयमा आगो लागेकाले मानवीय क्षति नभए पनि दुई घरमा रहेका धनमाल र लत्ताकपडा पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय भुवन श्रेष्ठले बताउनुभयो । घर जलेपछि मगर परिवार छिमेकीकोमा शरण लिएर बसेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment