मृगौलाकै कारण बुबाको मृत्यु भईसकेको र आमाको पनि सानै उमेरमा निधन भईसकेको छ। जिबन रक्षाको लागी उनका भाई मिलनले सहयोगी मनहरुलाई अनुरोध गरेका छन्। खत्रीको उपचारमा अहिले सम्म ५ लाख खर्च भई सकेको छ। उनी संग २ वटा विकल्प डायलाइसिस वा मृगौला प्रत्यारोपण गर्न मात्र बाकी रहेको छ । पेटबाट गर्ने डायलाइसिस (CAPD) को लागि एक पटकमा रु.३३० पर्छ । मृगौला प्रत्यारोपण नगरेसम्म प्रति दिन दुई देखि चार पटक सम्म गर्नु पर्ने हुन्छ । प्रति महिना २० हजार देखि ३० हजार सम्म खर्च लाग्ने गर्दछ।
डाक्टरका अनुसार थप उपचारका साथै मृगोला प्रत्यारोपणका लागी १० लाख रकमको आबश्यक पर्ने भएको छ । खाउँ लाउँ उमेरमा यसरी दुबै मृगौला फेल भए सँगै उपचारको पर्खाइमा रहनु भएका खत्रीको उपचारमा आर्थिक समस्या भई रहेको छ। कुन केन्द्रमा प्रत्यारोपणका लागि जाने हो कसले मृगौला दान दिने हो र कति समय सम्म प्रत्यारोपणको लागि जाने हो यसरी डायलाइसिस र प्रत्यारोपण गर्नको लागि देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनिहरुलाई जीबन बचाउने अभियानमा सबैले सहयोग गरिदिनु हुन निज खत्रीले अनुरोध गरेका छन्।
No comments:
Post a Comment