भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचाररत घरेलु हिंसा पीडित रोल्पा, थबाङ्ग–८ की ४८ वर्षीया सुनकुमारी नेपालीको उपचारको क्रममा निधन भयो । उनलाई गत असोज २६ गते श्रीमान धु्रव नेपाली र बहिनी नाता पर्ने जालाले मरणासन्न हुने गरी कुटपिट गरेर घाइते बनाई फ्याँकेका थिए ।
श्रीमानको कुटाइ बाट घाइते सुनकुमारीको मृत्यु भयपछि उनकै १३ बर्षकी छोरी विनिताले दागवत्ति दिदैं अन्तिम बिदाई गरिन् । उपराष्ट्रपति पुत्र दिपेश पुनले भाबुक हुँदै सामाजिक सञ्जालमा यस्तो लेखे।
आफूलाई संसारमा सबैभन्दा बढी मायागर्ने आफ्नी आमा सुनकुमारी यो संसारमा रहिनन् (जो आफ्नै श्रीमानको पिटाईबाट मृत्यु हुन पुगिन्)।आजको दिन सबैभन्दा पीड़ादायी र दुखद दिन छोरी विनिताको भएको छ।#उनीले #मृत्यु #भएकी #आमालाई #निरन्तर #आफूलाई #छोडेर #नजान #अनुनयविनय #गरिरहेकीछिन् र पनि आमा उनलाई छोडेर कहिल्यै पनि नफर्किनेगरी गैसकेकीछिन्।उनै आमालाई अन्तिम विदाई गर्दै भावविह्वल अवस्थामा दागवत्ति दिदैं १३ बर्षकी छोरी #विनिता #बहिनी ।श्रद्धाञ्जली सुनकुमारी !!
No comments:
Post a Comment