watch first and then search

watch first and then search

Wednesday, November 16, 2016

दलीय सहमतिको विकल्प छैनः खनाल



इलाम, १ मङ्सिर । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक स्थिरताका लागि सबै दलबीच सहमति आवश्यक रहेको बताउनुभएको छ । ‘राष्ट्रिय एकता, समृद्धि र संविधान कार्यान्वयन, एमालेको अभियान’ चारमहिने कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले स्थानीय निकायको निर्वाचन लगायत अन्य निर्वाचनका लागि पनि दलीय सहमतिको विकल्प छैन भन्नुभयो । “नयाँ संविधान कार्यान्वयन र समृद्धिका लागि पनि सबै एक जुट हुनुपर्छ”,उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री खनालले प्रमुख दलसहित सबैको अहिलेको मुख्य जिम्मेवारी नयाँ संविधानको कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एमाले नेता तथा सांसद शेरधन राईले एमाले राष्ट्रियताको पक्षमा लड्ने पार्टी भएकाले संविधान कार्यान्वयनमा कटिबद्ध भएर लाग्ने बताउँदै अहिलेको संविधान सबै वर्ग, क्षेत्र र नागरिकलाई अधिकारसम्पन्न बनाउने खालको भएकाले यही संविधानबाट मुलुकको समृद्धि सम्भव छ भन्नुभयो ।

एमालेका सचिव तथा प्रदेश नं १ का संयोजक भीमप्रसाद आचार्यले एमालेले संविधान कार्यन्वयनलाई प्राथमिकताका साथ अघि बढाउँदै लैजाने बताउनुभयो । एमाले जिल्ला कमिटी इलामका अध्यक्ष राम रानाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अर्थ तथा योजना विभागका सदस्य तेजबहादुर ढकाल, नेता अगम वान्तवा, एमाले जिल्ला उपाध्यक्ष भक्त केसीलगायतले बोल्नुभएको थियो । अभियान आगामी माघ महिनासम्म जिल्लाका विभिन्न गाविस र नगरपालिकामा सञ्चालन हुनेछ ।

No comments:

Post a Comment

watch first and then search