watch first and then search

watch first and then search

Monday, November 14, 2016

विदेश पठाईदिन्छु भनी ठगी गर्ने फरार व्यक्ती गोंगबुबाट पक्राउ



काठमाडौं, २९ कात्तिक । वैदेशिक रोजगार कसुर मुद्दामा असार गत १९ गतेको फैसला अनुसार ३ वर्ष कैद र ३ लाख जरिवाना ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका–२९ गोंगबु बस्ने बागलुङ विहु–८ घर भएका ४४ वर्षीय कृष्णप्रसाद कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कडेललाई कात्तिक २६ गते गोगंबु बसपार्कबाट पक्राउ गरी सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार, सुन्धारामा पठाईएको छ ।

कंडेलले वैदेशिक रोजगार व्यबसाय गर्न पाउने अनुमति बिना नै बाबुराम खरेललाई क्ष्लतभचलबतष्लब िऋचगष्कभ को रोजगारको लागि नेदरल्याण्ड पठाईदिने भनी २०६७ फागुन १८ गते टुरिष्ट भिसामा थाईल्याण्ड बैंककसम्म पुर्याई नेदरल्याण्डको भिसा लगाउने भनी २०६७ फागुन ३० गते १३ लाख लिई ठगी गरेका थिए ।

No comments:

Post a Comment

watch first and then search