watch first and then search

watch first and then search

Thursday, November 17, 2016

यी युवा जसले दुई किलोमिटर हातले टेकेर पारे गरे




मंसिर, २ दाङ ।

हिजोआज मानिस हिँड्न धेरै अल्छि मान्छन् । थोरै दुरी पार गर्न पनि मानिसले सवारी साधन प्रयोग गरेको देखिन्छ । खुट्टाले टेकेर हिँड्ने प्राकृतिक नियम हो ।

तर, हातले टेकेर हिँड्ने अप्राकृतिक र धेरै कठिन काम हो । यो कठिन कामलाई दाङ तुलसीपुरका एक युवाले भने साकार पारेका छन् ।

उनले हिजो राप्ती लोकमार्गको तुलसीपुर सल्यान सडक खण्डमा झण्डै दुई किलोमिटर यात्रा हातले मात्रै टेकेर पार गरेका छन् । तुलसीपुर नगरपालिका–१ राणागाउँका ऋषि परियारले सयौं स्थानीयवासी र शुभचिन्तकको बीचमा हातले टेकेर हिँड्ने आफ्नो उच्च क्षमताको प्रर्दशन गरेका छन् ।

समर्थक र आफन्तको ताली तथा हुटिङ्का बीच यात्रा सुरु गरेका २५ वर्षीय परियारले दुई हातले टेकेर करिव दुई किलोमिटर दुरी पार गरेका हुन् ।

स्थानिय युवा क्लबको आयोजना र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको व्यवस्थापनमा परियारले हिजो तुलसीपुर–सल्यान सडक खण्डको लाहुरेचौरदेखि गोटीखोलासम्मको दुरी हातले टेकेरै पार गरे ।

स्थायिन जेष्ठ नागरिक एक सय ३ वर्षीया पार्वती वलीले रिबन काटेसँगै हातले हिँड्ने कठिन यात्रा सुरु गरेका थिए । उनले यो यात्रालाई राष्ट्रिय स्तर हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने र आफ्नो गाउँ÷ठाउँ तथा देशलाई विश्वसामु चिनाउने अठोट लिएका छन् ।

सानैदेखि खेलप्रति रुची राख्ने परियारले ८÷१० बर्ष अघिदेखि आफूले हातले टेकेर हिँड्ने अभ्यास थालेको बताए ।

No comments:

Post a Comment

watch first and then search