watch first and then search

watch first and then search

Wednesday, November 9, 2016

पत्रकार महिलाको सङ्ख्या नगन्य



ललितपुर, कात्तिक । सञ्चारमाध्यममा पत्रकार महिलाको सङ्ख्यात्मक रुपमा वृद्धि भए पनि उनीहरु उच्च तहमा पुग्न नसकेको एक अध्ययनले देखाएको छ ।

सञ्चारिका समूहले यहाँ आज आयोजना गरेको ‘नेपालमा पत्रकार महिलाको पेसागत अवस्था’ अध्ययन प्रतिवेदनले सम्पादक, ब्युरो प्रमुखलगायत तहमा जम्मा ८.१ प्रतिशत मात्रै महिला पुगेको औँल्याएको छ ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाले केही समयदेखि महिला पत्रकारको सङ्ख्यात्मक वृद्धि मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि गुणात्मक र समावेशीताका हिसाबले उपलब्धि हासिल भएको छैन ।” नेपालमा सानो विज्ञापनले धान्न नसक्ने सञ्चारमाध्यम भएकाले स्वमिलन (मर्जर)मा जान उहाँको सुझाव छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकार महासङ्घले विधान परिवर्तन गरेर सङ्गठन महिलामैत्री बनाउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक शाखामा उपाध्यक्ष महिलाको व्यवस्था गर्न लागिएको छ ।” पत्रकार महिलाको शैक्षिक अवस्थामा सुधार हुनु सकारात्मक भएको उहाँले बताउनुभयो ।

सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले देशभरका पत्रकार महिलाको सङ्ख्यात्मक र गुणात्मक रुपमा गरिएको यो नै पहिलो अध्ययन भएको जानकारी दिनु भयो ।

No comments:

Post a Comment

watch first and then search