watch first and then search
watch first and then search
Tuesday, November 22, 2016
युएई आएको सात महिना नपुग्दै घर्ती मगरको मृत्यु
रोजगारीका लागि युएई आएका एक नेपालीको हृदयघातका कारण ज्यान गएको छ । तालावाङ ४ रोल्पाका २७ बर्षिय बिरेन्द्र घर्ती मगरको हृदयाघातका कारण शुक्रबार ज्यान गएको हो ।सात महिना पहिले युएई आएका थापा साउदी अरबको सीमाना बराक्कामा रहेको समजीन एलएलसी नामक कोरियन कम्पनीमा स्टोर हेल्परको रुपमा कार्यरत थिए ।
बिहीवार राती कम्पनीका कामदार बस्ने कोठामा खाना खाएर सुतेका बिरेन्द्र बिहान अचेत अवस्थामा भेटिएका थिए । साथीहरुले अस्पताल लैजान एम्बुलेन्स बोलाए पनि अस्पताल पु¥याउन पहिलेनै ज्यान गएको सोही कम्पनीमा कार्यरत चितवनका डेनिल तामाङले जानकारी दिए।
उनको शव मदिनाजायद अस्पताल आबुधाबीमा राखिएको छ । उनको श्रीमती एक छोरी र सात महिनाको छोरो रहेको सोही कम्पनीमा कार्यरत रोल्पाका रमेश परियारले जानकारी दिए । बिरेन्द्र काठमाण्डौंको त्रिकोण म्यानपावार एजेन्सी मार्फत वैसाख १ गते युएई पुगेका हुन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment