watch first and then search

watch first and then search

Tuesday, November 8, 2016

बल्ल तात्यो सरकार, विद्युत चुहावट रोक्न विशेष अभियान







काठमाडौं, २३ कार्तिक, २५ प्रतिशतभन्दा बढी विद्युत् चुहावट रहेको प्रतिशत चुहावट घटाउने प्रतिबद्धता जनाएको छ र सो लक्ष्य प्राप्त गर्न हरेक वितरण केन्द्रहरूमा चुहावट नियन्त्रणका विशेष अभियानहरू सञ्चालन गरिरहेको पनि जानकारीमा आएको छ ।

सो अभियानमा प्रहरीसमेत परिचालन हुने प्राधिकरणले जनाइसकेको छ तर ती विशेष अभियानहरू वास्तवमै के कस्ता प्रकारका छन्, प्रकाशमा ल्याइएको देखिन्न ।

यसै लक्ष्यलाई पूरा गर्न भनी भर्खरै नेपाल सरकारको विद्युत् चुहावट नियन्त्रण समितिले बिजुली चोरी नियन्त्रणमा सहयोगी भूमिका प्रदान गर्नेलाई ३० प्रतिशतसम्म नगद पुरस्कार दिइने प्रस्ताव गरेको छ ।

यस्तो व्यवस्था विद्युत् विकास विभागको संयोजकत्वमा बनेको विद्युत् चुहावट नियन्त्रण समितिले तयार पारेको प्रतिवेदन मस्यौदामा जनाइएको छ ।

चोरी नियन्त्रणमा खटिने कर्मचारीहरूलाई समेत चोरी गर्ने व्यक्तिले तिर्ने रकमको १० प्रतिशत र चोरी चुहावटको सूचना दिने व्यक्तिलाई २० प्रतिशतसम्म नगद पुरस्कारको व्यवस्था गर्ने गरी प्रतिवेदन तयार गरिएको छ ।

यो मस्यौदा प्रतिवेदनलाई अन्तिम रूप दिन कसरत भइरहेको र विद्युत् चोरी नियन्त्रण ऐन २०५८ र यससम्बन्धी नियमावली २०५८ मा संशोधन गर्नका लागि व्यवस्था गर्नसमेत सम्बन्धित मन्त्रालय बुझाइने कुरा प्रकाशमा आएको छ ।

मुख्य रूपमा यस प्रतिवेदनमा विद्युत् चोरी गर्नेलाई हिरासतमा राखी अनुसन्धान गर्ने र सोको कारबाही अघि बढाउनलाई सञ्चालक समिति र ऊर्जा मन्त्रालयमा अनुरोध गर्ने भनिएको छ ।

मस्यौदा समितिले तयार पारेको कार्य योजनामा वितरण ट्रान्सफरमरहरूमा इलेक्ट्रिोनिक मिटर जडान गर्नेदेखि विपन्न वर्गका उपभोक्तहरूलाई निःशुल्क मिटर जडान गर्न कोषको स्थापना, स्थानीयस्तरमा सरोकारवाला सम्मिलित समिति गठन गर्ने र आम सञ्चार माध्यमको उपयोग गरी यससम्बन्धी सचेतनामूलक कार्यक्रम ल्याउने, साथै विद्युत् चोरी न्यूनीकरणबारे विद्यालय पाठ्यक्रममा समेत राख्नका लागि सरकारलाई अनुरोध गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेखित दीर्घकालीन रणनीतिका महत्वपूर्ण कुराहरू अत्यन्तै महìवकाङ्क्षी देखिए पनि सरकारले चाहने हो भने तत्काल लागू गर्न नसक्ने देखिन्न ।

विगतमा पनि विद्युत् चुहावट नियन्त्रणसम्बन्धी प्रतिवेदनहरू नल्याइएका होइनन् । तत्कालै विद्युत् चोरी नियन्त्रण ऐन २०५८ र त्यसको नियमावली २०५९ लाई संशोधन गर्न नसकिने पनि होइन ।

तर चालू वर्षमा ३ दशमलव ५ प्रतिशत विद्युत् चुहावट घटाउने लक्ष्यलाई पूरा गर्न प्रतिवेदनमा उल्लेखित कतिपय बुँदाहरू दीर्घकालीन रूपमा फाइदाजनक रहे पनि यसको कार्यान्वयनबाट चुहावट न्यूनीकरण तत्काल प्राप्त हुने देखिन्न ।

ऐन कानुनलाई संशोधन गरी तत्काल अगाडि बढाउने हो भने पनि चालू वर्षमा सम्पन्न भई लक्षित चुहावट घट्नसक्ने सम्भावना अत्यन्त न्यून देखिन्छ ।

जस्तो प्रतिवेदन मस्यौदामा अवैध ग्राहकहरूलाई वैध बनाउने भनिएको भए पनि यो कार्य आफैँमा जटिल देखिन्छ ।

उदाहरणका लागि नगरपालिकाको सडक बत्तिको मिटरीङ दशकौंदेखि हुन नसक्नु र सोको भुक्तानी विद्युत् प्राधिकरणलाई हालसम्म उपलब्ध हुन नसक्नु एउटा उदाहरण मात्र हो । यस्ता अन्य अवैध ग्राहकहरूलाई वैध बनाउनु अवश्य समय लाग्छ ।

No comments:

Post a Comment

watch first and then search