watch first and then search

watch first and then search

Saturday, November 26, 2016

रोजगारीका लागि दुबई पुगेका एक नेपालीको हृदयघातका कारण मृत्यु



कामका लागि दुबई आएका एक नेपालीको हृदयघातका कारण ज्यान गएको छ। जल्पा ९ बर्मु, पाल्पाका ३१ बर्षे बिष्णु बहादुर थापाको हृदयाघातका कारण बिहीबारराती ज्यान गएको हो। चार बर्ष पहिले दुबइ आउनु भएका थापा लुलु कम्पनीको लुलु भिलेज मोहीस्ना दुबई शाखामा सेल्सम्यानको रुपमा कार्यरत थिए। बिहीबार साप्ताहिक बिदाको दिन दिनभर कोठामै आराम गरेको र साँझ खाना खान भनेर उठ्ने बेलामा रिङ्गटा लागेर ढलेका विष्णुको घटनास्थलमै ज्यान गएको थियो।

उनको हृदयघातका कारण ज्यान गएको अस्पतालले जनाएको छ। शव दुबईमा रहेको अल रशिद अस्पतालमा राखिएको सोही कम्पनीमा कार्यरत पाल्पाली समाज युएईका महासचिव बेदप्रसाद तिमिल्सिनाले जानकारी दिए। यो कम्पनीमा कार्यरत दुई जना नेपालीले यही वर्ष ज्यान गुमाइसकेका छन। मृतकको परिवारमा श्रीमती र एक छोरा छन्।

No comments:

Post a Comment

watch first and then search