watch first and then search

watch first and then search

Thursday, November 24, 2016

संशोधन प्रस्ताव ल्याउने र फेल भए राजीनामा दिएर जनतामा जाने प्रचण्डको यस्तो योजना



काठमाडौं, ९ मंसिर । एमालेले संशोधन प्रस्तावलाई सहमति दिन्न भनेर स्पष्ट पारिसक्यो । मोर्चाका केही नेताहरूले चारबुँदे प्रस्ताव नमान्ने भनिरहनुभएको छ । त्यसैले स्थिति खराब बन्दै गएको छ, वास्तवमा म धर्मसंकटमा परेको छुु । सरकार बनाउँदा तीनबुँदे सहमतिमा संविधान संशोधन गर्ने भनिसकेकाले माओवादी र कांग्रेस संशोधनका लागि सहमत छन् ।


म जसरी पनि प्रस्ताव दर्ता गर्छु । तपाईंहरूले साथ दिने हो कि होइन प्रस्ट पार्नुस् । यदि प्रस्ताव फेल भयो भने गठबन्धन त भत्किन्छ नै मैले नैतिक हिसाबले राजीनामा पनि दिनुपर्छ । मोर्चाले प्रस्तावमा सहमति नजनाउने हो भने म एक्लै मेरो पार्टीको ११ प्रदेशको प्रस्ताव दर्ता गराउँछु अनि जनतामा जान्छु । ल भन्नुहोस्, तपाईंहरूको धारणा के छ र?
प्रचण्डका तीन तयारी
१० मधेसी दलको सहमतिमा संविधान संशोधनमा जाने
प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलको समझदारी र मधेसी मोर्चासँग सहमतिमा संविधान प्रस्ताव अगाडि बढाउने
२० सीमांकनमा कांग्रेस–एमालेको पुरानो प्रस्तावमा जाने
तत्कालीन संविधानसभाको संवैधानिक राजनीतिक तथा संवाद समितिमा कांग्रेस–एमालेले संयुक्त रूपमा सात प्रदेशको नौबुँदे प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्तावमा उल्लेखित सीमांकन प्रस्तावलाई पनि प्रधानमन्त्रीले सहमतिको एउटा रोडम्याप हुनसक्ने आधार ठानेका छन् । उनले मोर्चासँगको बुधबारको छलफलमा पनि यसबारे जानकारी गराएका थिए ।
३० आफ्नै पार्टीको ११ प्रदेशको प्रस्ताव राख्ने र राजीनामा दिने
मधेसी मोर्चाका नेताहरूसँग प्रधानमन्त्री प्रचण्डले सरकारको प्रस्ताव पारित नहुने र सबै आ–आफ्नै अडानमा रहने भए आफू पनि पार्टीको पुरानै प्रस्तावमा फर्किने बताएका छन् । आफूलाई अप्ठ्यारो पार्न खोजेमा आफ्नो पार्टीले यसअघि राखेको प्रस्तावलाई संशोधनमा लैजाने र पदत्याग गर्न सक्नेसम्मको चेतावनी प्रचण्डले दिएको बैठकमा सहभागी मोर्चाका नेता केशव झाले जानकारी दिए ।
राज्य पुनर्संरचनाका विषयमा माओवादीले ११ प्रदेशको प्रस्ताव अगाडि सारेको थियो । अहिलेको संविधानमा सात प्रदेश राखिएकोमा माओवादीको नोट अफ डिसेन्ट थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

watch first and then search