watch first and then search

watch first and then search

Friday, November 18, 2016

असी करोड पर्ने जग्गा निशुल्क पाउँदा पनि बसपार्क बनेन ! अब के गर्ने स्थानियले ?



युवराज कँडेल,बागलुङ । आधुनिक बसपार्क निमार्णको लागि बाग्लुङका स्थानीयले ८० करोड मुल्य बराबरको जग्गा निशुल्क उपलब्ध गराउँदा समेत बसपार्क निर्माण हुन सकेको छैन । निमार्णस्थलमा अहिले बिभीन्न निर्माण व्यवसायीले निर्माण सामग्री थन्किएका छन् । सम्झौता अनुसार ६ महिना भित्र बसपार्क निर्माण तथा बाँकी जग्गा व्यवस्थापन सहितको एकीकृत गुरुयोजना निर्माण गर्ने र ४ बर्ष भित्र बसपार्क निर्माण सम्पन्न गनुपर्छ । तर सहमति बमोजिम काम अगाडि नबढेको भन्दै स्थानीयबासी आक्रोशित बनेका छन् ।


बाग्लुङ नगरपालिका ११ दावगह्रामा ५२ जनाको ५९ रोपनी १५ आना जग्गा मध्य १७ रोपनी ८ आना जग्गा बृहत बसपार्कका लागि नगरपालिकालाई हस्तान्तरण गरिए पनि निर्माण कार्य अझै सुरु नभएको हो । बसपार्क निर्माण गर्न २०७१ सालमा भएको दुई पक्ष बीचको सम्झौता अनुसार ४ बर्षमा निर्माण सम्पन्न गर्ने गरी नगरपालिकालाई ८० करोड बराबरको जग्गा निशुल्क उपलब्ध गराइएको थियो । तर, अहिलेसम्म काम सुरु नहुँदा अन्योल बढेको छ ।


स्थानीयबासीन्दाले नगरपालिकालाई दिएको जग्गामध्ये ५० प्रतिशत जग्गा बसपार्कको काम भैसकेपछि विकसित घडेरी बनाएर जग्गादातालाई फिर्ता गर्नुपर्ने सहमति भएको थियो । बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन समिति र नगरपालिकाबीच भएको लिखित सम्झौता कार्यान्वयनमा नआएको भन्दै जग्गाको दुरुपयोग भएको जग्गादाताहरुको पनि गुनासो छ ।


बागलुङ नगरपालिकाले भने बसपार्कको गुरुयोजना बनाउनका लागि शहरी विकास कोष (टिडिएफ)ले ढिलाई गरेको आरोप लगाएको छ । उइलिङ कन्सल्ट्यान्टलाई नगरपालिकाले २०७३ सालमा गुरु योजना बनाउने कामको सम्झौता गरेको थियो । अन्तिम रिपोर्ट आएपछि मापदण्डका आधारमा काम अगाडि बढाउने योजना रहेको नगरपालिकाको भनाई छ ।
बढ्दो शहरीकरणसँगै मुख्य चुनौती बनेको सवारी पार्किङलाई व्यवस्थित गर्न स्थानीयले उपलब्ध गराएको जग्गा सदुपयोग गर्न नसक्नु बागलुङ नगरपालिकाको कमजोरी रहेको स्थानीयको बुझाई छ ।

No comments:

Post a Comment

watch first and then search