बाँके , सरकारले कृषकहरुका लागि कृषि विमा अनिवार्य गरेपनि बाँकेमा भने कृषि विमा प्रभाबकारी हुन सकेको छैन । कृषि विमाबारे कृषकहरुलाई पर्याप्त जानकारी नहुँदा कृषि विमाप्रति कृषकहरु अनविज्ञ रहेका छन् ।
आवश्यक जानकारीको अभाबमा कृषि विमा नगराएको अधिकांश कृषकहरु बताउँछन् । कृषि विमाबारे कुनै पनि जानकारी नहुँदा आफूले कृषि विमा नगरेको बाँके हिरमिनिया वडा नम्बर ४ का कृषक गुरुदिन यादवले बताउनुभयो ।
कृषि बालिमा लागेको रोग तथा विभिन्न खेतवारीमा पुगेको नोक्सानीका आधारमा राज्यले गरेको कृषि बाली विमा कृषकहरुको लागि फलदायी रहेको कृषि बिज्ञहरुको सुझाव छ । वालीमा नोक्सानी भएपछि त्यस बापत पाउने क्षतिपुर्ती राज्यले नै व्यहोर्ने भएको कारण कृषकको लागि उपयुक्त रहेको भए पनि अधिकाशं कृषकहरुलाई त्यसबारे जानकारी नभएको कृषकहरुले गुनासो गरेका छन् । बाइट
यता जिल्ला कृषि कार्यालय बाँकेले भने कृषि विमाले कृषकहरु लाभान्वित भएको दावी गरेको छ । कृषि विमा लागू भएदेखि कृषकहरुको वाली नोक्सानी हुदा त्यसबापत लागेको क्षतिपुर्ती व्यहोर्ने गरेको जिल्ला कृषि कार्यालय नेपालगन्जका सूचना अधिकृत धनबहादुर पुनले बताउनुभयो ।
शुरु शुरुमा कृषकहरु पनि कृषि विमा गराउन आनाकानी गरिरहे पनि हिजो आज भने कृषि विमा गर्न कृषकहरु आफै आउने गरेकेको उहाँको भनाइ छ । कृषि क्षेत्रमा बढि पकेट क्षेत्र रहेको हिरमिनिया, बागेश्वरी, सितापुर, ईन्द्रपुर लगायतका क्षेत्रमा बढि विमा गराईएको जिल्ला कृषि कार्यालय बाँकेले जनाएको छ ।
No comments:
Post a Comment