watch first and then search

watch first and then search

Thursday, October 13, 2016

राप्ती शान्ति उद्यान पार्कभित्र ‘मिनी जु’ निर्माण कार्य सुरु



दाङ, २७ असोज । यहाँको राप्ती शान्ति उद्यान पार्कभित्र सानो चिडियाखाना ‘मिनी जु’ निर्माण कार्य सुरु भएको छ ।



दाङको तुलसीपुर–३ मा रहेको राप्ती शान्ति पार्कभित्र पर्यटन मन्त्रालय र स्थानीय उपभोक्ताको लागत र सहभागितामा मिनी जु निर्माण सुरु भएको हो ।

जिल्लामा बाल मनोरञ्जनका लागि पार्क नभइरहेको अवस्थामा तुलसीपुर क्षेत्रमा निर्माण हुन लागेको मिनी जुले बालबालिकाको एकोहोरो पन तथा साताभरिको पढाइको व्यस्तताका कारण अव्यवस्थित भएको मानसिक तनावलाई समेत शान्ति दिने अपेक्षा गरिएको छ ।
रु २४ लाख लागतमा मिनी जु निर्माण सुरु गरिएको राप्ती शान्ति उद्यान पार्क व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर केसीले जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालयअन्तर्गत रु २० लाख, उपभोक्ताको २० प्रतिशत गरी रु २४ लाखमा मिनी जु निर्माण हुने उहाँले बताउनुभयो । शान्ति उद्यानमा निर्माण हुने ‘मिनी जु’मा जरायो, हरिण, स्याल, बँदेल, नीलगाई, गोहोेरो, बाँदर, अस्ट्रिज, मजुर, कालिजलगायतका १४ प्रजातिका पक्षी र जनावर राख्ने तयारी गरेको अध्यक्ष केसीले बताउनुभयो ।

मिनी जुमा राखिने पक्षी तथा जनावर केही सौजन्य र केही किनेर ल्याउने तयारी भएको बताइएको छ । निजी तथा सामुदायिक क्षेत्रमा निर्माण हुन लागेको यो सम्भवतः मध्यपश्चिमकै पहिलो चिडियाखाना हो । मिनी जु सञ्चालनसँगै पार्कको विकासका साथै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै लैजाने बताइएको छ ।

चिल्ड्रेन पार्कमा बालबालिकाका लागि रेल, पिङ, चिप्लेटी, झोलुङ्गे पिङलगायत बालबालिकाका खेल सामग्री राखिएको छ । त्यसैगरी पार्कमा बुद्धको स्तम्भ, बोटिङ पुल पनि निर्माण गरिने समितिले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search