watch first and then search

watch first and then search

Monday, October 24, 2016

क्यालिफोर्नियामा सडक दुर्घटना तेह्रको मृत्यु



दक्षिणी क्यालिफोर्नियाको प्रमुख राजमार्गमा आइतबार एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटानमा परी अन्य ३१ जना घाइतेभएका अधिकारीले जानकारी दिएका छन् । ‘दुर्घटना भएको अवस्थामा सवै यात्रु सुतिरहेका होलान’ भन्दै क्यालिर्फोनिया रानमार्गका प्रहरी प्रमुख जिम आबेलेले भावुक हँुदै बताउनुभएको छ ।

उहाँले सो दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समवेदना प्रकट गर्नुभएको थियो । सो दुर्घटनमा परी मृत्यु भएका व्यक्तिमा प्रायः बसको आगाडि भागमा बसेर यात्रा गरिरहेका छन् । यद्यपि यस भिषण दुर्घटनाको कारण भने हालसम्म पत्ता नलागेको भएता पनि बस उच्चगतिमा रहेका सोही अवस्थामा ट्रक आएर ठोक्ँिकदा दुर्घटना भएको आबेलेले थप जानकारी दिनुभएको छ ।

यस दुर्घटनाको अनुसन्धान जारी रहेको र बस चालकको ज्यान गएको तर ट्रक चालक भने जीवितै रहेका बताइएको छ । यस दुर्घटनामा ज्यान गुमाएका व्यक्ति तत्काल परिचय खुलेका छैेन् । दुर्भाग्यवस दुर्घटना परेका अन्य कैयांै व्यक्तिको पनि परिचय नखुलेको आबेलेले बताउनुभएको छ । उनीहरुको साथै रहेका परिचयपत्रबाट पनि प्रष्ट रुपमा परिचयको पुष्टि हुन सकेको छैन् ।

No comments:

Post a Comment

watch first and then search