सोलुखुम्बु जिल्लाबाट बाहिर जाने सवारी साधनको भाडा दर रेटमा अनुगमन गरिएको छ । अस्थाई ट्राफिक प्रहरी सोलुखुम्बुको आयोजनामा सोलुखुम्बुका प्रमुुख जिल्ला अधिकारी उमेश पाण्डेको उपस्थिति, तथा जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका ईन्सपेक्टर .पुष्करबोगटीको संयुक्त टोलीले भाडा दर रेट अनुगमन गरेको हो ।
सवारी साधन दुर्घटना न्युनिकरण गर्न तथा यात्रुहरुलाई सहजता वनाउन अनुगमन गरेको ट्राफिक प्रहरीले जनाएको छ । अनुगमणको क्रम्मा सोलुबाट काठमाण्डो जाने सवारी साधनमा भाडा दर ठिकै रहेको पाईएको छ । सोलु कटारी संचालन हुने यातायातमा भने यात्रुहरुसंग केही भाडा वढी लिएको पाईएको छ । यस्मा यातायात व्यवसायिसंग छलफल गरी भाडा घटाउने सोलुखुम्बुका प्रमुुख जिल्ला अधिकारी उमेश पाण्डेले वताउनुभयो ।
यता सल्लेरी नेले सडक खण्ड संचालन हुने यातायातको भाडा पनि केही घटाउने पाण्डेले जानकारी दिनुभयो । अहिले सल्लेरी नेलेको लागी २ सय ५० रुपैयाँ भाडा रहेको छ । अव २ सय रुपैयाँ मात्र भाडा दर निर्धारण गरिने भएको छ । यसैविच सल्लेरी नेले सडकमा विग्रिएकोबाटो केहि दिनमा मर्मत तथा संभार हुने प्रजिअको भनाई छ ।
No comments:
Post a Comment