watch first and then search

watch first and then search

Sunday, October 16, 2016

डुङ्गामा आगलागी चारको मृत्यु



जाकार्ता।इन्डोनेसियको पूर्वी भागमा ४१ व्यक्ति सवाररहेका एक डुङ्गामा आगलागीपछि पल्टिएर दुर्घटना भएको छ । यसमा परी चार व्यक्तिको मृत्यु भएको अन्य दुई जना बेपत्ता भएका खोजी र उद्धार अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

सो डुङ्गा उत्तरी मलुकु प्रान्तको हल्माहेरा बरात इलाकामा रहेको जैलोलो समून्द्रिकतटमा रहेको बन्दरगाहबाट प्रस्थान गरेको बताइएको छ । सो दुर्घटना बिनताङ्ग पजारमा रहेको समून्द्रमा भएको सो प्रान्तका राष्ट्रिय खोजी र उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले बताएका छन् ।

दुर्घटनाग्रस्त सो डुङ्गा तेर्नाटे सहरमा फेला परेको बताइएको छ । यस दुर्घटनामा परी दर्जनौ व्यक्ति घाइते भएका बताइएको छ । बेपत्ता व्यक्तिको खोजी र उद्धारकार्य जारी रहेको मर्सुदीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

इन्डोनेसियामा १७ हजार पाँच सय द्वीपहरु रहेका छन् । साना तर उच्चगतिमा चल्ने डुङ्गाहरु त्यहाँ लोकप्रिय छन् । तर अझै पनि सुरक्षाको दृष्टिकोणले कम नै भएको हुनाले बारम्बार दुर्घटना भएको पाइन्छ ।

No comments:

Post a Comment

watch first and then search