watch first and then search

watch first and then search

Sunday, October 23, 2016

डेंगु अति प्रभावित चितवनमा सर्च एण्ड डिस्ट्रोई अभियान सुरु



सरकारले डेंगु अति प्रभावित चितवनमा सर्च एण्ड डिस्ट्रोई (खोज्ने र नष्ट गर्ने) अभियान सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको सो अभियानमा सरकारी, निजी, सामाजिक संस्था तथा गैरसरकारीसंस्थाका गरी झण्डै डेढ सय जनशक्ति परिचालित भएका छन् ।


यसबर्ष देशभरीबाट डेंगुका बिरामी ३०४ जना भएकोमा चितवनमा मात्रै २७२ जना पाइएको छ । चितवनको टाँडी क्षेत्रमा संक्रमितको संख्या अत्यधिक भएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘सर्च एण्ड डिस्ट्रोई’ अभियान सुरु गरिको हो । अभियान अन्तर्गत हरेक घरघरमा गएर डेङगु सार्ने माध्यमको रुपमा रहेको लामुखट्टे बढ्न नदिने, भएका लामुखट्टे मार्ने, डेङगुको लक्षण देखिएका स्थानीय बासिन्दालाई अस्पताल लैजाने, अस्पतालमा पर्याप्त उपचारको व्यवस्था गर्ने लगायतका क्रियाकलाप गरिएको छ । एडिज इजिप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग लाग्ने चिकित्सकको भनाइ छ । एडिज इजिप्टाई जातको संक्रमित लामखुट्टेले टोकेपछि ज्वरो आउने, शरीरमा रगत र पानीको मात्रा कम हुने लगायतका लक्षणहरु देखिने हुन्छ । डेंगु रोगको विरुद्ध खोपको विकास गर्ने प्रयासहरु भैरहेका छन् तर प्रयोगका लागि उपलब्ध भैसकेका छैनन्। त्यसैले यसबाट बच्ने एउटै मात्र उपाय भनेको यसका भाइरसलाई सार्ने लामखुट्टेको नियन्त्रण गर्ने र त्यसको टोकाइबाट बच्ने हो। सुत्ने बेलामा झुल लगाएर सुत्ने, घर वरिपरि सफा राख्ने, फोहोर पानी जम्न नदिने, हातखुट्टा छोप्ने गरी लामा कपडा लगाउने, घर वरिपरि लामखुट्टे मार्ने औषधिहरु छर्ने गरेर डेंगुबाट बच्न सकिन्छ ।

No comments:

Post a Comment

watch first and then search