watch first and then search

watch first and then search

Friday, October 14, 2016

सिनाई आक्रमणमा नौ सैनिकको मृत्यु



कायरो ९इजिप्ट०, २८ असोज । इजिप्टको सिनाई प्रायद्विपमा इस्लामिक स्टेट समूहमा आवद्ध जिहादी समूहले सेनाको सुरक्षा जाँच स्थलमा शुक्रबार आक्रमण गर्दा कम्तिमा नौ जना सैनिक अधिकारीको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।

सेनाले नागरिकको सुरक्षालाई मध्यनजर गर्दै उक्त नाकाबाट वारपार गर्ने मानिसहरुलाई जाँच गरी पठाइरहेका बेला भएको तोप आक्रमणमा परी नौजना सेनाको ज्यान गएको र केही सैनिक घाइतेसमेत भएका सेनाद्वारा शुक्रबार जारी एक विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच सुरक्षाकर्मीमाथि भएको आक्रमणपछि गरेको जवाफी कारबाहीमा करिब १५ जना जिहादी विद्रोहीको समेत मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

घाइते सबैलाई नजिकैको एक अस्पतालमा पु¥याई उपचार सुरु गरिएको र केहीको स्वास्थ्य स्थिति चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

No comments:

Post a Comment

watch first and then search