watch first and then search
watch first and then search
Monday, October 24, 2016
नेपाल एशियाकै नमुना देश बन्न सक्छः बरिष्ठ उपाध्यक्ष शेर्पा
ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष टासी लक्पा शेर्पाले २०१४ देखि बिग्रिएको नेपालको पर्यटन क्षेत्रलाई २०१५ मा गएको भूकम्प र त्यसपछिको नाकाबन्दीले तहसनहस पारेको बताएका छन् । सो अवधिमा नेपालमा ४० प्रतिशत पर्यकटको संख्या घटेको उल्लेख गर्दै उनले भने, ‘भूकम्प र नाकाबन्दीको विषयमा भारतीय मिडियाले धेरै नकारात्मक समचारहरु प्रसारण गरे । नेपाल पर्यटकीय दृष्टिकोणले असुरक्षित छैन, बस्न, खानका लागि राम्रो वातावरण छैन भनेर गलत प्रचार भयो । उनीहरुले यसो गर्नुको कारण नेपाल आउने पर्यटकको गन्तव्य भारत बनोस भन्ने थियो । र, यस मामिलामा उनीहरु सफल भए पनि । जसको परिणाम स्वरुप हाम्रा पर्यटक घटे भने भारतमा ३० प्रतिशतले बढे ।’
राजधानीमा संचारकर्मीसँग कुरा गर्दै बरिष्ठ उपाध्यक्ष शेर्पाले नेपालमा पर्यटन व्यवसायको राम्रो सम्भावना रहेता पनि विदेशबाट वर्षेनी १० देखि १५ लाख पर्यटक आएमा उनीहरुलाई बसाल्ने ठाउँसमेत नभएको प्रति चिन्ता व्यक्त गरे । हाल ३३ सालको पर्यटन नीतिमा पर्यटन व्यवसाय चलेको बताउँदै उनले भने, ‘ ३३ सालको पर्यटन नीति अहिलेको समय सान्दर्भिक छैन । यसलाई तत्काल परिवर्तन गरेर समय सान्दर्भिक बनानुपर्ने राज्यको पहिलो जिम्मेवारी हो । राज्यले ल्याएको नीतिकै आधारमा पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्न सकिन्छ ।’
हिमाली क्षेत्रको निषेधित क्षेत्र खुला गर्ने, ३,४ वटा अन्तर्राष्टिय एयरपोर्ट निर्माण गर्ने, आधुनिक पर्यटन सुविधा सम्पन्न सिटी बनाउने, दक्ष जनशक्ति उत्पादन गर्ने जस्ता कार्य राज्यले गर्ने हो भने यस क्षेत्रबाट ठूलो फाइदा लिन सकिने उनको धारणा छ । हाले वर्षेनी ४, ५ लाख पर्यटन आउँदा पर्यटन व्यवसाय राज्यको तेश्रो आर्थिक स्रोत बनेको स्मरण गर्दै शेर्पाले भने, ‘अब तपाईं आफै सोच्नुस् १०, १२ लाख आए भने दोश्रो हुन्छ । अझ १५, २० लाख आए भने यसले नै देशलाई धान्छ । ३० लाख आए भने नेपाल एशियाकै नमुना देश बन्न सक्छ । देश आफै चल्छ । हामी आर्थिक रुपमा अरुमा निर्भर हुनु पर्दैन ।’
यसका लागि सरकारले हाल कायम गरेको निषेधिक क्षेत्र खोल्ने, वैदेशीय उडान थप्ने र विदेशीको आगमनलाई सहज बनाउने, पूर्वाधारको विकास गर्ने, प्रयाप्त स्टार होटल बनाउने, सरकारी स्तरबाटै प्रचारप्रसार गरेर नेपालको पर्यटन क्षेत्रलाई विश्वसामू पुर्याउने, विशेष कार्यक्रम र योजनाहरु बनाउने, पर्यटकको सुरक्षाको ग्यारेन्टी गर्ने, पर्यटकीय स्थलको संरक्षण र सम्बद्र्धनमा ध्यान दिने, नीतिगत रुपमा समयानुकुल पर्यटन नीति बनाउने, पर्यटन सहर बनाउने काम तत्काल गर्नुपर्ने उनको धारणा थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment