watch first and then search

watch first and then search

Sunday, October 23, 2016

इलामका ग्रामीण सडक समयमै मर्मत नहुँदा यात्रुहरु समस्यामा



विनय तिम्सिना /इलाम । वर्षातमा क्षतिग्रस्त भएका इलामका ग्रामीण सडक मर्मत नहुँदा यात्रु समस्यामा परेका छन् । जिल्लाका गाविस तथा नगरपालिका जोड्ने अधिकांश कच्ची सडक बर्षाताका कारण पूर्णरुपले क्षतिग्रस्त भएका हुन् ।


जिल्ला सदरमुकामबाट जीतपूर, माईमझुवा, सन्दकपुर, मावु, जमुना प्याङ, सोयाङ, नयाँवजार, दानाबारी, सिद्धिथुम्का, सोयाक लगायतका गाविसमा जाने सडकहरु वर्षाले क्षती भई गाडी नगुड्ने अवस्थामा पुगेका छन् । केही सडक यातायात व्यवसायी र सर्वसाधारणले जनश्रमदान गरि मर्मत गरेपनि फोरह्वील गाडी मात्रै संचालनमा आएको यातायात व्यवसायीले बताएका छन् । जिल्लाको उत्तरी, दक्षिणि र पश्चिमि गाविसका ग्रामीण सडकमा वर्षात शुरु भएपछि गाडि संचालनमा बन्द भएको र अझैसम्म वर्षात नरोकिएकाले गाडि गुडाउन समस्या भएको यातायात व्यवसायीको उनीहरुको छ ।
जिल्ला विकास समितिले भने केही सडकहरुलाई मर्मतको लागि पहल सुरु गरेको जनाएको छ । इलाममा भएका १०० भन्दा वढी कच्ची सडकहरु मध्ये १५÷२० वटा सडकको मात्र जिविसले मर्मत गर्न सक्ने जानकारी सूचना अधिकृत छविलाल खतिवडाले बताउनुभयो ।
क्षतिग्रस्त ग्रामीण सडक निर्माणका लागि सरकारी निकायले चासो नदिँदा दशैँ मनाउन घर फर्कने अधिकासं यात्रु पैदल हिड्न बाध्य भएका थिए । ४३ गाविस र तीन गाविस भएको इलाममा विस्तार गरिएका ग्रामीण सडक र जिल्ला सडकहरु बर्षातको समयमा झण्डै ६ महिना बन्द हुने गरेका छन् ।

No comments:

Post a Comment

watch first and then search