प्रतियोगिताको सो खेलको पहिलो हाफको १७ औं मिनटमा फल किकको सदुपयोग गर्दै सशस्त्रका सुमित आलेमगरले प्रहार गरेको बललाई हेडमार्फत हरि कार्कीले गोलमा परिणत गरेका थिए । ३१ औं र ३३ औं मिनटमा खेम पोखरेलले गोल गरी ३–० को स्थितिमा पुर्याउन सफल भए । सो खेलमा खेमले नै म्यान अफ दी म्याचको पुरस्कार हात पारेका छन् ।
त्यसबीचमा सशस्त्रका हरि, खेम र सुशील राईले गोल पोस्ट नजिक पाएको बललाई गोल गर्ने ४ वटा सुनौला अवसरमा गुमाएका थिए । दोस्रो हाफमा सिरहाले खेल दवावमा राखेर गोल पर्फाउने प्रयत्न गरेपनि सशस्त्रले रक्षात्मक खेलेर सो प्रयत्न विफल पारिदियो ।
मंगलबारको अन्तिम क्वार्टर फाइनल खेल नाइजेरियन सहितका राष्ट्यि खेलाडी सहभागि चर्च व्वाइज क्लब काठमाडौं र धनकुटा फुटबल क्लबबीच हुनेछ ।
No comments:
Post a Comment