watch first and then search

watch first and then search

Sunday, October 16, 2016

शुक्लाफाँटा प्रालिको बस तोडफोड



भीमदत्तनगर, ३० असोज । हालै सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि यहाँस्थित महाकाली सेती यातायात समिति र पवनदूत समिति सम्बद्ध मजदुरले तोडफोड गरेका छन् ।



शुक्लाफाँटा प्रालिको ना ५ ख ४१५० नंको बसलाई मजदुरले आज दिउँसो पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–९ स्थित शिवशक्ति पेट्रोल पम्प नजिक रोकिराखेको अवस्थामा तोडफोड गरेका हुन् । तोडफोडबाट उक्त बसको अगाडि र छेउपट्टिका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बसमाथि तोडफोड गरेपछि आक्रोसित शुक्लाफाँटा कम्पनी सम्बद्ध पक्षले पूर्व–पश्चिम राजमार्गमा बस तेस्र्याएर सडक अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध गर्ने पक्षले बस तोडफोड गर्नेलाई कारबाही गर्नुका साथै क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।

राजमार्ग खुलाउन प्रहरीको टोली घटनास्थल पुगेको छ । महाकाली सेती यातायात समितिका अध्यक्ष नवीन भट्टले शुक्लाफाँटा प्रालिले पूर्व क्षेत्रमा सञ्चालनमा आएका पुराना बस ल्याएर सञ्चालन गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त प्रालि प्रालिको अवधारणाअनुसार नचलेकाले अन्य समितिले असहमति जनाएको बताउनुभयो । केहीदिनअघि पनि समिति र प्रालिका बीच बस सञ्चालनमा आएपछि विवाद उत्पन्न भएको थियो ।

No comments:

Post a Comment

watch first and then search