watch first and then search

watch first and then search

Sunday, October 23, 2016

आईएमई हात हुँदैन खाली : योजना अन्तर्गत तेस्रो र चौथो हप्ताका विजेता घोषित



रेमिटेन्स सेवाको पर्याय मानिदै आएको नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले महान पर्व विजया दशमी–२०७३ लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत तेस्रो र चौथो हप्ताका भाग्यशाली विजेता घोषित गरेको छ । आईएमई कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र १२३९०३९४३२५ मा क्रमशः मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राही श्री आङ्ग नर्बु शेर्पा र श्री सरोज श्रेष्ठ भाग्याशाली घोषित हुनुभएको थियो ।
कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र १२३९०३९४३२५ का विजेता दुवैले क्रमशः नेपाली रुपैयाँ २०, ६०९ र २,२६८ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाउनु भएको थियो । बिजेता दुबैले युएम पावर म्याक्स स्कुटी प्राप्त गर्नुहुनेछ । पुरस्कार बिजेताले सिफारिस गरेका नेपालमा हुने आफन्तले प्राप्त गर्नुहुनेछ । फेसबुक लाईभ मार्फत सार्वजनिक गरिएको उक्त कार्यक्रममा आईएमईका फाईनान्स कन्ट्रोलर दीपक शर्मा र वरिष्ठ प्रवन्धक खिलेन्द्र पौडेलको उपस्थिति रहेको थियो ।

यहि आश्विन १, देखि आश्विन ३०, २०७३ सम्म एक महिना संचालन भएको “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुनुभएको थियो । यस योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्राप्त भएको विश्वास लिएका छौं ।

यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको थियो । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईएको थियो भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्राप्त गर्न सक्ने व्यवस्था गरिएको थियो । यस योजनाबाट लाखौँ सेवाग्राही लाभान्वित हुने विश्वास लिएका छौं ।

लक्की ड्र को नतिजा यस कम्पनीको आधिकारिक वेभसाईट, सामाजिक सन्जाल, एवं विभिन्न संचारका माध्यममार्फत् सार्वजनिक गरिसकिएको छ । आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १६ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५२०० भन्दा बढी शाखा÷सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

No comments:

Post a Comment

watch first and then search