विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औँ स्थानमा परेको छ । कूल १ सय १८ वटा विकाशशील राष्ट्र सम्मिलित उक्त सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकहरुमा सबैभन्दा राम्रो अवस्थामा रहेको देखिएपनि सूचकांकको हिसाबले नेपालमा भोकमरीको अवस्था भने नाजुक नै रहेको पाइएको छ ।
सूचकांक अनुसार नेपालमा कुल जनसंख्याको ७.८ प्रतिशत कुपोषित रहेको देखिएको छ । त्यस्तै पाँच वर्ष भन्दा कम उमेरका बालबालिकामा चरम कुपोषणको दर ११.३ प्रतिशत रहेको छ । त्यस्तै पाँच वर्ष मुनिका बालबालिकामा पुड्कोपनाको दर ३७.४ प्रतिशत र पाँच वर्ष मुनिका बालबालिकामा मृत्युदर ३.६ प्रतिशत रहेको छ । भोकमरी सूचकांकमा नेपालले कुल २१.९ अंक पाएको छ ।
No comments:
Post a Comment