watch first and then search

watch first and then search

Thursday, October 13, 2016

नेपालको पर्यटकीय क्षेत्र पुनः चलायमान









गत वर्ष भुकम्प र नाकाबन्दीले कमजोर बनेको धौलागिरीको पर्यटन व्यवसायले पुन गति लिएको छ । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत म्याग्दीको घार गाविस १ घोडेपानी–पुनहिल क्षेत्रमा साढे ५ महिनाको अबधिमा चौध हजार पर्यटकले भ्रमण गरेका छन् ।









समुन्द्रि सतहदेखि दुई हजार ८०० मिटरको उचाईमा अवस्थित सुर्योदय, हिमशृङखला, पहाडी भुगोल, मगर संस्कृती, विभिन्न प्रजातिका बोट विरुवा, वन्यजन्तु र पंक्षीको अवलोकन गर्न सकिने घोडेपानीमा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन बढेको छ । कोठाबाटै हिमाल देख्न सकिने घोडेपानीका होटलमा बास बस्ने पर्यटकहरु सुर्योदय र हिमशृङखलाको अवलोकनका लागि एका बिहानै तिन हजार २१० मिटरको उचाईमा अवस्थित पुनहिल पुग्ने गर्छन् ।

२०७३ बैशाख देखि असोज १६ गतेसम्म घोडेपानी भित्र्ने र बाहिरिने पर्यटकको संख्या १४ हजार जना नाघिसकेको पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । असोज महिनाको सुरुवातसंगै पदयात्रामा आउने पर्यटक बढेको चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक शुशिल लामिछानेले बताउनुभयो ।

२०७१ बैशाखदेखि असोजसम्म सात हजार ५९७ जना पर्यटकले भ्रमण गरेको घोडेपानीमा २०७२ को सोही अवधिमा चार हजार २१६ जना पर्यटक आएका थिए । जारी सिजनमा भने पर्यटक आगमन उत्साहजनक रहेको घोडेपानी होटल ब्यवसायी समितिका उपाध्यक्ष देवेन्द्र पुन शुशिलले बताउनुभयो ।

असोज महिनाको सुरुवातसंगै चिन, दक्षिण कोरीया, अष्ट्रीया, अमेरीका, बेलायत, जापान, बेल्जीयम, ईजरायल लगायत देशका दैनिक १५० जनाको अनुपातमा पर्यटकहरु घोडेपानी भ्रमणमा आएका छन् । अनुकुल मौसम, विद्यालय, कलेज छुट्टि भएकाले आन्तरिक पर्यटकको संख्या पनि बढीरहेको छ । लालीगुराँसको जंगलको बिचमा रहेको पहाडको टाकुरामा अवस्थित घोडेपानी एकान्त वातावरण र प्राकृतिक सौन्दर्यतामा रमाउने पर्यटकहरुका लागि आकर्षक गन्तब्य बनेको छ । पर्यटकीय नगर पोखरादेखि एकै दिनमा पुग्न सकिने भएकाले छोटो दुरीको पदयात्रामा आउने पर्यटकहरुका लागि घोडेपानी रोजाईमा परेको छ । कास्कीको नयाँपुल, घान्द्रुक, म्याग्दीको पोखरेबगर, राम्चे लगायतका बाटो भएर घोडेपानी पुग्न सकिन्छ ।

No comments:

Post a Comment

watch first and then search