तारा आचार्य,मोरङ। प्रशस्त जुट उत्पादन हुने तराईका जिल्लाहरुमा कृषकहरुले जुट खेती गर्न छोडेका छन् । कुनै बेला कच्चा जुट नै निर्यात गर्ने मुलुक अहिले सबै भन्दा बढी कच्चा जुट आयात गर्ने मुलुक बन्दै गएको छ । सरकारी उदासिनताका कारण जुट खेती प्रति कृषकहरुको आकर्षण घट्दै गएकाले पनि जुट उत्पादन घटेको छ ।
खेती गर्न छोडिएको बाझो बारीजुट उत्पादन घट्दै गएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगहरुलाई कच्चा जुट आपूर्तिका लागि बंगलादेश र भारत माथि निर्भर हुनु परेको छ । यस क्षेत्रका उद्योगहरुलाई वार्षिक करिब १ लाख मेट्रिक टन जुट आवश्यक पर्दछ । जुटमिलहरुले वार्षिक करिब २ अरब रुपैयाँ बराबरको कच्चा जुट भारत र बंगलादेशबाट खरिद गरेर ल्याउने गरेका छन् ।
No comments:
Post a Comment