watch first and then search

watch first and then search

Friday, October 14, 2016

आलु उत्पादनमा लागे डडेल्धुराका किसान



डडेल्धुरा, २८ असोज । आलुबाट राम्रै फाइदा हुने भएकाले डडेल्धुराका किसान व्यवसायिक रुपमा आलुखेतीमा लागेका छन् ।


आलुखेती

अन्य अन्न बालीको तुलनामा आलुखेतीबाट बढी आम्दानी हुनेभएकाले किसानहरु यसतर्फ आकर्षित भएका हुन् । आफूले करिब चार रोपनीमा आलु लगाएको अमरगढी–२ चन्द्रबहादुर ऐरले बताउनुभयो । ऐरले आलुसँगै बन्दा, काउली, गोलभेडा र अन्य तरकारीसमेत लगाउनुभएको छ ।

पहिले गहुँ खेती गरेको जग्गामा सुख्खा बढ्न थालेपछि व्यावसायिक रुपमा आलुखेतीतर्फ लागेको समैजी–९ का किसान माधवी भण्डारीले बताउनुभयो । यतिबेला डडेल्धुराका सबैजसो किसानले आलुखेती सुरु गरेका छन् ।

यहाँ उत्पादन भएको आलु तराईलगायत पहाडी जिल्लामासमेत बिक्री गर्ने गरेको तूफानडाँडाका तरकारी व्यापारी वीरबहादुर शाहले बताउनुभयो ।

जिल्लामा ८०० हेक्टर क्षेत्रफलभन्दा पनि बढी जमिनमा आलुखेती हुने गर्दछ । जिल्लाको अमरगढी नगरपालिकाको डोला मनाना भत्काडालगायत असिग्राम, पोखरा, सोल्परी, बगरकोट, गाङखेत, समैजी कोटेली आलिताल गाविसलगायतका किसान व्यावसायिक रुपमै आलुखेती गर्दै आएका छन् ।

डडेल्धुरा जिल्लामा हिउँद र वर्षादको समयमा गरी दुईपटक आलुखेती गर्ने गरेको पाइन्छ ।

No comments:

Post a Comment

watch first and then search