watch first and then search
watch first and then search
Friday, June 29, 2018
सहवासमा स्त्री र पुरुषमध्ये कसलाई बढी आनन्द आउँछ ? शास्त्र यसाे भन्छ
मान्छेले परेर मात्र होइन, पढेर पनि जान्दछ भन्ने दृष्टान्त महाभारतमा फेला पर्छ। भीष्मको बारेमा यी आजीवन ब्रह्मचारी हुन् भन्ने स्पष्ट बुझिन्छ। यी किन ब्रह्मचारी हुन पुगे भन्ने विभिन्न ढङ्गबाट कथाहरू रचिएका छन्। त्यो बेग्लै विषय हो। जे होस्, ब्रह्मचारी भनेपछि यिनलाई स्त्री विषयक र अझ सम्भोग विषयक कुरा पक्कै पनि थाहा छैन होला भन्ने अनुमान गर्नु स्वाभाविक हो। तर होइन।
युधिष्ठिरलाई एउटा जिज्ञासाले पेट पोलिरहेको थियो लामो समयदेखि। त्यो के भने समागमको समय स्त्री र पुरुषमध्ये कसलाई बढी आनन्द प्राप्त हुन्छ होला भनेर युधिष्ठिरले निष्कर्ष निकाल्न सकेनछन्। सोध्ने पो कसलाई? अन्तमा उनको नजरमा भीष्म नै परेछन्। युधिष्ठिरलाई लागेन कि यी ब्रह्मचारीलाई स्त्रीसँगका कुरा के थाहा भनेर। भीष्मले पनि आफूलाई अनुभव नभएको कुरामा केही बताउन नसक्ने भनेनछन्। बरू सुनाएछन् एउटा कथा भंगस्वानाको। भीष्मले पढेका थिए नि आखिर, परेको पो थिएन।
भंगस्वाना एक धर्मात्मा राजा थिए। यिनको धर्मको प्रतापले इन्द्रलाई छटपटी भयो। भंगस्वानाको व्यवहारमा खोट फेला पर्ला र दण्डित गरुँला भनेर बाटो हेर्दा हेर्दा इन्द्रलाई पट्टाइ लागिसकेको थियो। तर मौका परेन। भंगस्वानाको सन्तान थिएन। सन्तान प्राप्तिको लागि ठूलो यज्ञ लगाए। यज्ञमा अग्नि मुख्य भाग पाउनेमा परे। आफूलाई छोडेर अग्निलाई महत्व दिएको इन्द्रलाई मन परेको थिएन। मौकाको ताकमा थिए इन्द्र भंगस्वानालाई स्वाद चखाउने। राजा एकदिन शिकारमा गएका थिए तलाउ फेला पर्यो। गर्मीले उखुम थियो। सेनाहरू पनि यताउता छिरलिएका थिए। राजा तलाउमा प्रवेश गरे। इन्द्रले त्यही मौकामा बदला लिने विचार गरे। तलाउबाट निस्कँदा राजा स्त्री रूपमा परिवर्तन भएछन्। पुरुष अङ्गको ठाउँमा स्त्री अंग देखेर राजा आफ्नो मुलुक फर्केनन्। घरमा पत्नीसामु कुन मुख देखाउनु भनेर जङ्गलमै बसेछन्।
उता राजाको सय छोराहरू थिए। यता स्त्री रूपमा परिवर्तित भएपछि भंगस्वानाको अर्को सय पुत्र भयो। आमा बनेर आफूले जन्माएका सय भाइ छोराहरूलाई पनि राज्यको अधिकार दिनुपर्यो भनेर भंगस्वाना आफ्नो मुलुक गए र भएको वृतान्त सभामा बताइदिए। दुई सय भाइहरू मिलिजुली बसेका थिए। तर पछि उनीहरूबिच द्वन्द्व भयो। दुई सय भाइ नै मारामार गर्न थाले र अन्तमा कोही पनि बचेन। भंगस्वाना दु:खले मर्माहत भए। भंगस्वानाको दु:ख देखेर इन्द्र प्रकट भए।
इन्द्र — भंगस्वाना, म सय भाइ छोराहरूलाई ब्युँझाइदिन्छु। भन, तिमी आमा भएर जन्माएको छोराहरूलाई ब्युँझाइदिउँ कि, पिता बनेर जन्माएका छोराहरूलाई ब्युँझाइदिउँ?
भंगस्वाना — ब्युँझाउनु छ भने म आमा बनेर आफैले पाएका सन्तानलाई ब्युँझाइदेऊ। इन्द्र — किन त्यसो?
भंगस्वाना — सन्तानको पिता बन्नु र आमा बन्नु फरक फरक अनुभव रहेछ। आफ्नो शरीरबाट पीडा सँहदै जन्माएको सन्तानप्रतिको भावना नै बेग्लै हुँदो रहेछ। त्यसै भएर माया त मलाई दुबै थरिको उत्तिकै लागे पनि आफैले जन्माएको अनुभव मलाई आमा हुँदा मात्र भयो।
भंगस्वानाको स्पष्ट भनाइबाट इन्द्र खुशी भए। इन्द्रले भंगस्वानाका दुई सय छोराहरूलाई नै ब्युँझाइदिए। इन्द्रले फेरि भने — राजा, तिम्रो इमान्दारीबाट म प्रभावित भएँ। तिमी चाहन्छौ भने म तिमीलाई पहिले जस्तै पुरुष बनाइदिन्छु।
भंगस्वाना — देवेन्द्र! अब मलाई पुरुष बन्नु छैन। म स्त्री स्वरूपमै सन्तुष्ट छु। इन्द्र — किन तिमीलाई स्त्री स्वरूपसँग मोह रह्यो?
भंगस्वाना — देवेन्द्र, साँचो कुरा भन्छु सुन। म पहिला पुरुष स्वरूपमा धेरै स्त्रीसंग गरेँ। सन्तान पनि प्राप्त गरेँ। पछि तिम्रै कारणले स्त्री बनेर पुरुषहरूसँग सहबास गर्ने मौका पाएँ। स्त्री बनेर पुरुष सहबासमा पाएको आनन्दको एक अंश पनि पुरुष बनेर स्त्री सहबासमा थिएन। स्त्री बनेर सम्भोगानन्दमा डुब्नुमा जुन अप्रतिम सौन्दर्य छ, त्यो पुरुष बनेर मैले पाउन सक्दिनँ। त्यसैले मलाई यही रुपमै रहन देऊ देवेन्द्र! राम लोहनीको फेसबुकबाट
मलेसियामा पासाङको पीडा काम गर्दा हात गुम्यो, बिमा रकम अर्कैले खाइदियो ! यसरी सुनाउँछन् पासाङ आ
मलेसियामा पासाङको पीडा : काम गर्दा हात गुम्यो, बिमा रकम अर्कैले खाइदियो ! यसरी सुनाउँछन् पासाङ आफ्नो कथा ….. क्वालालम्पुर । करिब अढाई वर्ष अगाडि मलेसियामा रोजगारीका लागि आएका पार्वती कुण्ड, रसुवाका पासाङ तामाङले गत वर्ष काम गर्दै गर्दा आफ्नो हात गुमाए । उनको हात मेसिनमा परेर काटिएको थियो । अहिले पनि उनी काम गरिरहेका छन्, एउटा हातको भरमा । यसबीचमा उनी नेपाल गए, विभिन्न निकायहरु धाएर १० लाख रुपैयाँ इन्स्योरेन्स (बिमा रकम) पाउने भए र, फेरि मलेसिया फर्किए । तर, यता काम गर्ने कम्पनीले उनको खातामा हालिदिएको बिमा रकम अर्कैले खाइसकेछ ।
रसुवाको पार्वती कुण्डमा सानो घर छ मेरो । चार दाजुभाइ र दुई दिदीवहिनीमध्येको जेठो छोरा हुँ । म सानो हुँदा गाउँमा कुनै स्कुल थिएन, न थियो कुनै सामाजिक चेतना । त्यही भएर पढ्न पाइनँ । पढाईलेखाई शून्य नै छ । निकै दुखमा हुर्किएँ । मिठोमसिनोको लागि चाडपर्व नै कुर्नु पर्दथ्थो । उमेर वढ्दै गएपछि गाउँमै वसेर केही होला जस्तो लागेन, किनभने गाउँमा कोही पनि युवा थिएनन् । विदेश पुगेर दुख गरेर भए पनि पैसा कमाएर घर र्फकनेहरुको लर्काे देख्दा मलाई पनि विदेश जाऊँ जाऊँ लाग्यो ।
यत्तिकैमा मेरै गाउँका युवाहरुलाई विदेश पठाउने धादिङका एक जना एजेन्टले मलाई पनि ‘भाइ ल अब मलेसिया जानुपर्छ’ भनेर विदेशका मिठा कुरा सुनाए । मलाई पनि चाहिएको यही थियो । उनले भनेको पैसा एक लाख ६० हजार नगद वुझाएर करिब अढाई वर्ष अगाडि मलेसियाको तेलुगोङ आमिनतुवामा रहेको ब्राइज्टस्टार स्टिल कम्पनीमा आइपुगेँ । एजेन्टले भने अनुसार नै काम पाएको हो । फलामको काम गर्नुपर्छ भन्थ्यो, त्यही काम पाइयो । तर तलब भने नेपालमा भनेकोजस्तो पाइएन । के-के हो के-केको पैसा कटाउने भएकाले सालाखाला ७ सय रिंगेट जति मात्र बचाउन सकिरहेको थिएँ ।
यति भए पनि ठिकै त छ नि भनेर चित्त बुझाएर बसेको थिएँ । एक वर्षअघिको कुरा हो । विहानको समयमा सबै काममा थिए । यो कम्पनीमा हामी ६५ जना जति छौं जसमध्ये नेपालीहरु १४ जना छौं । सबै साथीहरु आ-आफ्नै तालमा काम गरिरहेका थिए । त्यस्तै १० बजेतिर काम गर्दागर्दै मेसिनमा मेरो हात पर्यो । हेर्दाहेर्दै मेसिनले हात च्वाट्टै पारिदियो । वाहिरको मासुमा मात्र हात अडकिएको थियो । काम गरेको ठाउँमा रगतको आहाल भयो । कम्पनीले तत्काले सुवास अस्पतालमा पुर्यायो । म अस्पतालमा १९ दिन बसेँ । डाक्टरहरुले हात जोड्नलाई कोशिस गरे पनि सफल भएनन् । त्यसैले छिनाइदिए ।
अस्पतालमा लागेको सबै खर्च कम्पनीले नै ब्यहोर्यो । कमाउन आएको मान्छेको हातै नभएपछि के रह्यो र । मनभरी पीडा बोकेर अस्पतालबाट कम्पनीमा फर्किएँ । पहिला जस्तो काम गर्न नसक्ने भएपछि साह्रै दुख लाग्यो । सबै साथीहरुले निकै माया गरेर हौसला दिए र मन दह्रो बनाएर एउटा हातको भरमा काम गरेँ । मेरो यस्तो अवस्था भएको थाहा पाएपछि परिवार निकै आत्तिए । त्यसैले मैले नेपाल जाने सोचाई बनाएँ । नेपाल जानको लागि मैले कम्पनीसँग कुरा राखेँ । कम्पनीले नेपाल नपठाउने र यदि जाने नै भए दुई हजार रिंगेट बुझाउनुपर्ने बतायो । आफ्नो यो अवस्था थियो, कहाँबाट ल्याउनु पैसा ।
धन्न साथीहरुले पैसा उठाइदिएर कम्पनीमा जम्मा गरिदिए र मलाई नेपाल पठाए । सद्दे शरीर लिएर अनेक सपना बोकेर विदेशिएको म अपांग बनेर फर्किएँ । घरमा साना दुई छोरा र श्रीमती छन् । उनीहरु सबैजना मलाई देखेर रुन थाले । गाउँका साथीभाइले सहानुभूति दिए । नेपालमा मैले विदेश आउनुअगाडि इन्स्योरेन्स गरेको थिएँ । त्यसैले विभिन्न सरकारी निकायहरुमा पुगेर आफु दुर्घटनामा परेका कुरा सुनाएँ । आफूसँग भएका सबै प्रमाणहरु पेश गरेँ । त्यसपछि मैले साढे १० लाख रुपैया क्षतिपूर्ति प्राप्त गरेँ ।
नेपालको सबै प्रक्रिया पूरा गरेपछि फेरि मलेसियामै सोहि कम्पनीमा आइपुगेँ । सबैले नजानु भनेका थिए, तर मैले इन्स्योरेन्सको पैसा आउँछ र केही न केही काम पाइन्छ भनेर सम्झाएर हिँडे । नभन्दै मैले फोकलिप चलाउने काम पाएको छु । मलेसिया आइसकेपछि मैले इन्स्योरेन्सको पैसा कहाँ छ भनेर कम्पनीलाई सोधेँ । कम्पनी मालिकले ‘तिम्रो १७ हजार रिंगेट हालिदिइसकेको छ’ भनेर जवाफ दिए । तर मैले त्यो पैसा पाइनँ । भयो के भने मैले नेपाल जानुअगाडि केही ऋण लिएको थिएँ र त्यसवापत आफ्नो बैंक कार्ड नेपाली साथीलाई दिएको थिएँ ।
त्यो साथीसँग कम्पनीका एचआर म्यानेजरले एकै छिनमा दिन्छु भनेर कार्ड मागेछ । अनि कार्ड लगेर बैंकमा भएको पैसा निकालेछ र कार्ड फिर्ता गरिदिएछ । अहिले मैले मेरो पैसा खोइ भन्दा कम्पनी मालिकले बंैकमा हालिदिएको छ भन्छ । बैंक स्टेटमेन्टमा पनि देखिन्छ, तर एचआर म्यानेजरले निकालिदिएछ । अहिले त्यो म्यानेजरले कम्पनी छाडेर हिँडिसक्यो । मैले कम्पनी मालिकलाई अनुरोध गरेर त्यसलाई पत्ता लगाउन आग्रह गर्दा वास्ता गर्दैन । उसले काम गर्दाको कागजपत्रहरु कम्पनीमा होलान् । तर, मलाई उपलब्ध गराइएको छैन ।म आफ्नो पैसा नउठाई कुनै पनि हालतमा छाड्दिनँ । मलेसियाको सवै निकायहरुमा पुग्छु । कसो न्याय नपाउँला ?
भयानक वर्षा र पहिरोमा पालैपालो ढले ठूला बिल्डिङहरु, क्यामेरामा रेकर्ड भयो सबै घटना………..हेर्नुहोस् भिडियो ।
एजेन्सी। चीनमा मुसलधारे पानीपछि पहिरोमा एकपछि अर्को गर्दै ठूला ठूला बिल्डिङहरु ढलेको भिडियो सार्वजनिक भएको छ । यो भिडियो गुआंगशी षेत्रको बेस सहरमा रहेको भेइजियागोउ गाउँको हो । यहाँ वर्षा र पहिलोमा परेर २० बिल्डिङ ढलेका छन् । ३८० भन्दा धेरै नागरिक घर छोडेर सुरक्षित स्थानतर्फ गएका छन् ।
यस क्षेत्रमा औसत १०० मिलिमिटरभन्दा धेरै वर्षा रेकर्ड भएको छ । यसका कारण एक हप्तादेखि यहाँ बाढी र पहिलोको प्रकोप छ । बेस सिटीमा बिल्डिङ भत्किएको प्रत्यक्षदर्शीले भिडियो रेकर्ड गरेका हुन् । भिडियोमा एक पछि अर्को गर्दै बिल्डिङ ढलिरहेका छन् र स्थानीयले असहाय भएर हेरिरहेका छन् । हेर्नुहोस् भिडियो ।
एजेन्सी। चीनमा मुसलधारे पानीपछि पहिरोमा एकपछि अर्को गर्दै ठूला ठूला बिल्डिङहरु ढलेको भिडियो सार्वजनिक भएको छ । यो भिडियो गुआंगशी षेत्रको बेस सहरमा रहेको भेइजियागोउ गाउँको हो । यहाँ वर्षा र पहिलोमा परेर २० बिल्डिङ ढलेका छन् । ३८० भन्दा धेरै नागरिक घर छोडेर सुरक्षित स्थानतर्फ गएका छन् ।
यस क्षेत्रमा औसत १०० मिलिमिटरभन्दा धेरै वर्षा रेकर्ड भएको छ । यसका कारण एक हप्तादेखि यहाँ बाढी र पहिलोको प्रकोप छ । बेस सिटीमा बिल्डिङ भत्किएको प्रत्यक्षदर्शीले भिडियो रेकर्ड गरेका हुन् । भिडियोमा एक पछि अर्को गर्दै बिल्डिङ ढलिरहेका छन् र स्थानीयले असहाय भएर हेरिरहेका छन् । हेर्नुहोस् भिडियो ।
हाम्रै नेपालमा पनि यस्तो शक्तिशाली मन्दिर जहाँ गाडी पुग्न वितिक्कै स्टार्ट नै बन्द हुन्छ
अर्घाखाँची | अर्घाखाँची जिल्लामा पर्ने पश्चिम नेपालको प्रख्यात सुपादेउराली मन्दिर अगाडि पुगेपछि गाडीको गति रोकिन्छ र इन्जिन बन्द हुन्छ । अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् । हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्द गर्छन् अनि गाडीबाटै दर्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् ।
किंवदन्ति अनुसार एक जना बाटो हिँड्ने युवकले ‘देवी, म सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक फर्की आउँदा एकतोला सुन चढाउनेछु,’ भनी भाकल गरेको थियो । देवीको भाकल अनुसार ऊ भर्ती पनि भयो । केही समयपछि लाहुरे छुट्टीमा फर्कियो । लाहुरेले सुन ल्याउन भुलेछ र बाटो छलेर जान लाग्दा देवीको शक्तिका कारण लाहुरे आफैँ भित्तामा टाँसिएको किंवदन्ति छ ।
मन्दिर नजिकको पहरामा पछि लाहुरेको नक्सा र उसले बोकेको गुण्टाझैँ आकृति देख्न सकिन्छ । सो स्थानमा अहिले पनि ‘लाहुरे टाँसिएको भिर’ भनेर मन्दिर संरक्षण समितिले होर्डिङ बोर्ड नै राखेको छ । अहिले पनि सो बाटो भएर हिँड्ने गाडीले मन्दिरको दर्शन गरेर मात्र अघि बढ्ने गर्छन् । गोरुसिङ्गे–सन्धिखर्क चल्ने कुनै पनि सवारीका गाडीहरू यो मन्दिरमा भेटी नचढाइकन अगाडि बढ्दैनन् ।
सुपादेउराली दर्शनको लागि पश्चिम नेपालका गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान लगायत भारतबाट समेत दर्शनार्थीको भीड लाग्ने गर्दछ । ती जिल्लाहरूमा विवाह गरेपछि सुपादेउरालीको दर्शन गर्ने प्रचलन बढ्दै गएको छ । यसपटकको दशंैको समयमा दर्शनार्थीको भीडका कारण मन्दिर आसपासमा गाडी पार्किङको समस्या देखिएको थियो । मन्दिर भिरको टाकुरामा रहेको कारण सो स्थानमा पार्किङको समेत समस्या देखिएको छ
Subscribe to:
Posts (Atom)