watch first and then search

watch first and then search

Wednesday, November 16, 2016

सरकार ! राज्यलाई चुनौती दिने धुर्मुस-सुन्तलीलाई कसले गर्छ कारवाही ?



आज सुजाता कोईरालाको चर्चा छ जताततै । चिन्ता, रिस, सान्त्वना, चासो तालीभन्दा बढी गाली अर्थात देश ओगट्नेहरुको चर्चा, बनाउनेको होइन । केही समयअघिसम्म चर्चित धुर्मुस सुन्तली अहिले ओझेल परे । अब उनीहरुबाट संचारमाध्ययममा विक्ने समाचार त छैन र पनि ईमान जमानको खडेरिमा सम्झिने मन भो ।

‘बाख्रा पाल्न र साग रोप्न नि नमिल्ने बस्ती वनाएर सञ्चार माध्ययममा यत्रो खैलाबैला ?’ काजीसाप तीन हातमाथि उफ्रिए । भाङकाजी नै उफ्रेपछि सक्किगोनि । ओ ! आङकाजीु पो हो क्यारे उनको नाँउ त । तैपनि अंकल भाङ खाएर व्युँझेसरि बोल्दिने गर्छन बेलाबेला र यहि नाम अलिक बढी फाप्या देख्छु अचेल । धुर्मुस सुन्तलीले ६ महिनाअघि बस्ति बनाउन सुरु गर्दै भन्याथे, सामुदायिक हल सहित ६५ घर बन्नेछन, बस्तीमा गाईवस्तु पाल्न दिईनेछैन, छुट्टै ठाउँ बनाईनेछ ‘सोही कुरामा ६ महिनापछि बस्तीमा बसोवास सुरु हुँदा उनी कुर्लिन्छन ‘यहाँ विद्रोह हुन्छ यस्तै हो भने ।’

‘म त हाँसेरै मर्छु कि क्याहो’ भन्दै टिभीमा हँसाउने मान्छे त भुकम्प पछि पिडितक‍ो रुवाइमा संगै रुन थाले । अब चैँ धुर्मुसे सुध्रेकै ठम्याइ रह्यो, भुकम्पको धक्काले! अझ ओलिशासनमा ओलिले हँसाउन थालेपछि धुर्मुस सुन्तली काठमाडौंमा टिक्न सकेनन र पहरिवस्ती निर्माण पछि गिरान्चौर लागे । हाँस्यकलाकारक‍ो पेसा ओली काकाले खोसिदिए पछि काकाको भुमिका धुर्मुस दम्पतीले निभाउन थाले लौन अचम्मै हुन थाल्यो देशमा । यता जस्तापाता वेचेर खाने नेता छन उता धुर्मु सुन्तु आफ्नो घर वेचेरै भएपनी अर्काकोलागि घर वनाँउछौँ भनेर विशाल हृदय लिएर लाग्नेसम्म विचित्रका छन गाँठे । त्यो पनि धन भएर हो र, मनले रे । यता सरकारसँग त्यत्रो विधि धन हुँदा त सक्या छैन, यी त हास्यकलाकार न परे के पत्याइसाध्य छ र ।



काभ्रेमा “एकीकृत पहारि वस्ती “२ महिनामै निर्माणसम्पन्न भइ हस्तान्तरण भईसकेको थियो त्यतिबेला यताकाले जस्तापाता बेचेर भ्याएकै थिएनन, पीडितलाइ वाँड्नपर्ने चामल कुहिन पाएकै थिएन,त्रिपाल लुकाएर सकिएकै थिएनन उता लोभलाग्दो घरमा मान्छे वसाईसक्न भ्याउने धुर्मुस सुन्तलीलाइ सरकारले भन्दा छिटो काम गर्न कस्ले दियो।?के देश वनाउने जिम्मा हाँस्यकलाकारको हो?कस्ले दियो यस्तो अधिकार?अझ त्यतिले नपुगेर “गिरान्चौर एकीकृत नमुना वस्ती पुनर्निर्माण तथा पर्यटन प्रबर्द्धन परियोजना “जस्तो महत्वाकांक्षी योजना धुर्मुस सुन्तली फाउन्डेसनको खातामा ४७ हजार रुपैयाँ हुँदा तीन करोडौंको योजना ‘नोटले होइन अठोटले’ वन्छ भन्दै सुरु गरेर स्वदेशी ,विदेशी र परदेशीको मन चोरेर धन जुटाउने धुर्मुसेको जोडिले घर ठड्याएरै देखाए।भुकम्प गएको एक वर्षका दिन २०७३ वैशाख १२गते राष्ट्रपतिले गोरखाको वारपाकमा ‘भुकम्प स्मारकको उद्घाटन गरेकै दिन धुर्मुससुन्तलीले गिरान्चौरमा वस्ती शिलान्यास गरेर समानान्तर सरकारको झल्को सम्म दिन भ्याए उता स्मारक कहिले बन्ने हो पत्तो छैन यता मान्छे घरमा राख्न भ्याईसके ।

घर त बन्यो ! गिरान्चौरका वासिन्दाले गुनासो गर्छन ,”घर भनेको दरबार पो बनाईदियो धुर्मुसेले!”अब दरवारमा जनता वस्ने भएपछि जातभात छुट्याएर शासन गर्ने काजिसाप उर्फ अाँङकाजि र पाजी नेताको पारो तात्दैन त?अझै बाख्रा नपाली ,सागसब्वी नरोपि वस्ने भएपछि ! असत्ती मिडिया नि एकपक्षिय भएर हो काजिसापले गर्या काम जनताले पत्तो नपाको,घरतीर देखि देश डुवानमा पार्न गर्या काम राम्रो गरे भन्दै नगरेका काम वढाई चढाई गरेर लेख्या भए के जान्थ्यो र अहिले।यत्रो अारोप त खेप्न पर्दैन थियो। हेर अहिले यिनिहरुको अस्तित्व धरापमा छ र हाम्ले नि गर्या हम मिडियाले देखाएन भन्न पर्या छ, लाज पचाएर!

“विभिन्न डाँडाकाँडामा छरिएर रहेका वस्तीलाइ एकीकृत गरेर वस्ती निर्माणमा जुट्ने हो भने देश विकासका लागि धेरै समय लाग्दैन ।” धुर्मु र सुन्तुको अनुभवले यहि मात्र भनेको हो । जातभात र उचनिच जनाएर जनता फुटाएर देश वन्छ भन्न खोजेनन र तारो वने उहीँ डलरमा देश भाँड्ने को नजरमा!अझ स्पस्ट देश अनुसारको भेष धारण नगरि ईमान्दारिताको उच्चतम रुप देखाउनु गल्ति हो।



उता सरकारले जिम्मा लिएकोमा जग खन्न सुरु भा छैन, बन्ने त कहिले हो कहिले ।यता धुर्मुससुन्तलीले नयाँ घरमा मान्छे भित्राएर खुलम्खुल्ला सरकारलाई चुनौती दिने दुस्साहस गरेका छन । राज्यको ढुक्कसँग पाँच वर्ष वा ढिलो गरेर वनाउने नीतिलाई ठाडै उल्लंघन गर्नेलाई देशद्रोहिको अारोप लगाएर कारवाहि गर्ने कि नगर्ने?गर्ने भए कसले गर्ने ? उनीहरूलाई कारवाहि गर्न योग्यता पुगेको इमान, ईज्जत् र प्रेस्टिज भाको देश र जनताप्रति ईमान्दार नेतृत्व कोहि छ ?

अवको समस्या यहि रह्यो ।राज्यलाई एउटा प्रश्न सोध्ने रहर भयो।कालिकोटमा देशमै सम्भव उपचार नपाएर धर्ती छाडेकि वालिका सुशीला योगी र सुडानमा कुपोषण लागेका वालवालिका झल्को दिने कैयौंलाई काल पर्खनुको विकल्प छैन। देशमा सम्भव उपचारमा विदेश सयर गर्न रुचाउनेहरु मिलिजुलि राज्यको दोहन गर्न उपचार खर्च बाँड्दा ठालु नेता रअाँङकाजिको बोली सुनिँदैन । राज्यलाई रोगी वनाँउदा ,वनाँउदै रोग लागेकाहरुलाइ लोकमानको डर छ।स्वास्थ्य क्षेत्र सुधार भन्दै गोविन्द केसि अनसन वस्नुपर्छ। देश विगार्नेहरु पुरस्कृत हुने देशमा धन वेगर मन लिएर देशको उपचार गर्न खोजर राज्यलाई चुनौती दिने देशद्रोहि धुर्मुस-सुन्तलीलाई कस्ले गर्छ कारवाही ?

जसले वीरेन्द्रको हेलिकप्टर बेपत्ता बनाइदिए !



काठमाडौं । २०३२ साल भदौ/असोजमा राजाको धनकुटा सवारी थियो । एउटा हेलिकप्टरको मर्मत पनि थियो । कुनै हेलिकप्टर मर्मतको काम भए इञ्जिनियरले आफै इञ्जिन स्टार्ट गरेर पंखा घुमाउन पाउँदैन, त्यो पाइलटले नै गर्नुपर्छ । त्यसैले आर.पी. प्रधानले मलाई यहि बस्न भनेर अर्को कोपाइलट लिएर गए ।

शाही उडानको सेकेन्ड इन कमान्ड भएकाले उनले मलाई त्यो काम जिम्मा लगाए ।

मर्मतपछि मैले परीक्षण उडान गर्नुपर्छ । एक जना बौद्ध गुरुले हाम्रो हेलिकप्टर चार्टर गरिरहन्थे । परीक्षण उडान गर्नुपर्ने भए आफूलाई पनि सिन्धुपाल्चोकको हेलम्बु गुम्बासम्म लिफ्ट दिन उनले भने । कुसु गुरु भनिने उनको राजा वीरेन्द्रसँग पनि राम्रो सम्बन्ध थियो । धेरै चार्टर्ड गरेबापत उनलाई एक पटक निःशुल्क उडाउनु पनि थियो ।

इञ्जिनियरले आधा घण्टा परीक्षण उडान गर्न भने । मैले झल्याँस्स तिनै गुरुलाई सम्झे र विमानस्थलसम्म आउन भने । उनलाई लिएर हेलम्बु गुम्बामा अवतरण गरेँ । चिया पिउन अनुरोध गरे, गुरुले भनेको नमान्ने कुरा भएन । १० मिनेटको उडान भनेको आधा घण्टा बितेछ ।

टावरलाई जानकारी दिन पनि भुलेँछु, रेडियो पनि बन्द गरेँछु । टावरले खोज्न थालेछ । सम्पर्कमा नआएपछि धनकुटाको सवारी क्याम्पमा खबर गरिदिइसकेछ, राजाको हेलिकप्टर त रयो भनेर । चिया पिएर काठमाडौं आउँदा त पूर हल्ला खल्ला भइसकेको रहेछ ।

मैले बाथरुम जानु परेकाले ढिलो भयो भने । दरबारबाट स्पष्टीकरण सोधियो, आफ्नो गल्ति स्वीकारेँ । जागिरको दौरान मैले स्पष्टीकरण खाएको त्यो नै एक मात्र घटना हो ।

तिनै गुरुले फेरि हेलिकप्टर चार्टर्ड गरे । उनलाई सोलुखुम्बको फाप्लु गाउँ नजिकैको जुनबेसी गुम्बामा जानु थियो । त्यहाँ लामाहरूको गाउँ छ । घरैघरको बीचमा गुम्बा रहेछ । गुरु धेरै मोटा थिए, हिँड्न सक्दैनथे । घोडा पनि पाइने सम्भावना थिएन । मैले फाप्लुमै उनलाई छाड्नु पर्ने थियो । त्यहाँसम्म पुगाइदिन अनुरोध गरे ।

मानवीयताले मैले पनि हार्न सकिनँ । गुम्बा यस्तो अप्ठ्यारो ठाउँमा रहेछ कि पाँच फिट यतायता भए पनि रोटरले भित्तामा छुने थियो । गुरुलाई दायाँ हेर्न भने, आफूले बायाँ हेरे । विस्तारै सासै नफेरी अवतरण गरे । जमिनमा पुगेपछि हेर्छु त रोटार र पर्खालबीच आवश्यकताभन्दा निकै कम ग्याप थियो । इञ्जिनियर पनि छक परे । त्यस्तो गाउँमा उतारेको देखेर । अहिले मलाई कसैले दश करोड दिन्छु भन्यो भने पनि त्हाँ अवतरण गर्दिन । कस्तो दुस्साहस पलाएछ मलाई, त्यतिबेला ।

गुरुलाई उतारेपछि फेरि विस्तारै माथि उठेँ र घरभन्दा माथि आइपुगेर तुफान गतिमा फर्किए । गुरुप्रति श्रद्धा जनाउँदा कसो दुर्घटनामा नपरेको । हावाले अलिकत हल्लाइदिएको भए जे पनि हुन सक्थ्यो । लहडमा कहिलेकाहि यस्तो काम पनि हुन्छ जुन पाइलटले गर्नै हुँदैन ।

( – यो अंश क्याप्टन रतन लामिछानेको जीवनीमा आधारित ‘आकाशको दुनियाँ’बाट साभार गरिएको हो । काठमाडौंमा मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ‘आकाशको दुनियाँ’लाई विमोचन गरेका छन् । घोस्ट राईटिङ नेपालले प्रकाशन गरेको यो कितावका सम्पादक पत्रकार उपेन्द्र पोखरेल हुन् । क्याप्टन लामिछानेको निधन भइसकेको छ ।)

नेपाली युवतीले पनि लाउरे जस्तै र्याप ब्याटल गरे पछी >>> {भिडियो सहित}



Tsamyun vs pari – Female Rap Battle in nepal

Raw Barz, a freestyle hip-hop movement, has hosted the country’s first female rap battle. The event, spearheaded by Nepalese rap icon Yama Buddha, allows fledgling rappers to build a career in Nepal’s music industry. Until now, it’s been dominated by men, with the likes of Laure and Sacar releasing their own music videos.

But young women are stealing their thunder for the first time. The most popular among the few female rappers are Tsamyun, Pari and Rhythms Up, who trade jokes in a mixture of English and Nepalese to the roars of the male-dominated crowd. The event’s official blog carries a synopsis of a “heated female rap battle” between Tsamyun and Rhythms Up: “Tsamyun disses her opponent for her looks” and Rhythms Up “chooses to humiliate her opponent with nerdy jokes and sarcasm”.

In contrast to these confident street poets, statistics tell a different story about women’s lives in Nepal. UN figures suggest gender-based violence and child marriage are still pervasive. Human Rights Watch’s World Report 2012: Nepal says trafficking, domestic violence, dowry-related violence, rape and sexual assault continue to plague the country. In response, Social Welfare Minister Badri Prasad Neupane told the UN in March that Nepal has adopted a five-year national strategy aimed at ending gender-based violence.

अलेप्पोमाथि भीषण रुसी आक्रमण, आकासबाट गोलीको बर्सात, क्षेप्यास्त्र प्रहार



१ मंसिर, एजेन्सी । तीन हप्ता पछि पहिलोपटक लडाकु विमानहरुले अलेप्पो शहरको विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमाथि फेरि हवाइ हमला गरेको एउटा पर्यवेक्षक समूहले बताएको छ।

रुसी रक्षामन्त्रीले ती आक्रमणले ईदलिब र होम्स क्षेत्रमा रहेका जिहादी समूहहरुलाई निशाना बनाएको बताएका छन्। क्षेप्यास्त्रहरु पनि प्रहार गरिएका थिए।

हैदरिया, मसाकिन हनानो तथा शीख फरिस क्षेत्रहरुमा हमला भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बताएको छ।

सिरियाली सरकारको समर्थक रुसले सर्वसाधारण र विद्रोहीहरुलाई त्यो शहर छोड्ने मौका दिनका लागि गत अक्टोबर महिनाको मध्यतिर हवाइ हमला रोकेको थियो।

त्यसै समयमा ३ हप्ताको स्थगन पछि सिरियाली सेनाले अलेप्पो शहरको विद्रोही नियन्त्रित पूर्वी भागमा हवाइ हमला फेरि शुरु गरेको छ। हमला फेरि शुरु भएपछि द्वन्द्व झन् चर्किने अभियानकर्ताहरुको चिन्ता छ।

यो भन्दा अघि अलेप्पोको पश्चिमतर्फको विद्रोही नियन्त्रणमा रहेको एउटा गाउँको अस्पतालमाथि हमला भएको खबर प्राप्त भएको थियो। विगत २४ घण्टामा आक्रमण गरिएको त्यो तेस्रो स्वास्थ्य संस्था हो। अवर्ईजेल क्षेत्रमा कम्तीमा एकजना मारिएको सिरियन अब्जर्भेटरीले बताएको छ।

विद्रोही लडाकु तथा सर्वसाधारणले केही दिनदेखि सिरियाली सरकारले आक्रमण फेरि थाल्ने अनुमान गरिरहेका थिए। उनीहरुले हवाइ हमला शुरु हुनु अघि शहर छाडेर जाने निर्देशनयुक्त सन्देशहरु फोनमा पाइरहेका थिए। सिरियामा द्वन्द्व, असुरक्षा र खराब मौसमका कारण खानाको उत्पादन घटेर अहिलेसम्मकै न्यून विन्दुमा पुगेको संयुक्त राष्ट्रसंघले बताएको छ।

सिरियाका झण्डै ८० प्रतिशत परिवारहरुसंग खाना वा खाना किन्ने पैसा नभएको राष्ट्रसंघले बताएको छ भने ७० लाख भन्दा बढी मानिसलाई खाद्य सुरक्षा नभएको ठानिएको छ।

watch first and then search