watch first and then search

watch first and then search

Friday, December 30, 2016

स्वर्गीय नायक श्रीकृष्णलाई सम्झिदै नायिका श्वेताले चालिन् यस्तो कदम



काठमाडौं । अभिनेत्री श्वेता खड्काले घरआँगन नेपाल नामक सामाजिक संस्थालाई साढे एक लाख रुपैयाँ सहयोग गरेकी छिन् ।

आफ्ना दिवंगत पति श्रीकृष्ण श्रेष्ठको जन्मदिन पारेर पुस १४ गते बिहीबार उनले सामाजिक कार्यमा सक्रिय सो संस्थाका अध्यक्ष दीपक सिलवाललाई चेक हस्तान्तरण गरेकी हुन् ।

श्वेताले पति श्रीकृष्णले आफ्नो जन्मदिनमा समाज सेवाको कार्य गर्ने गरेको स्मरण गर्दै उनकै चाहनालाई निरन्तरता दिएको बताइन् । श्वेता र श्रीकृष्णले ०७१ साल असार २३ गते बिहे गरेका थिए । श्रीकृष्णको उपचारको क्रममा ०७१ सालकै साउन २४ गते भारतमा निधन भएको थियो ।

तरकारी खेतीबाट बुबाको सपना साकार पार्दै हिदराज (बिदेशमा रहेका नेपाली दाजुभाइले पुरा पढ्नुहोला र सबै नेपाली ले शेयर गर्नुहोला)



बाँके, १५ पुस । नेपालगन्ज उपमहानगरपालिका–२४ बन्जाडे गाउँका हिदराज अली बेहनाले तरकारी खेती गरी आफ्नो बुबाको सपना साकार पार्नुभएको छ । आजभन्दा ५ वर्षअगाडि वैदेशिक रोजगारका लागि आफूलाई थाहै नदिई राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय नेपालगन्ज पुग्नुभएका आफ्ना बुबाको ‘छोराले धेरै पैसा कमाओस्’ भन्ने चाहनालाई आफूले स्वदेशमै व्यावसायिक तरकारी खेती गरेर पूरा गरेको बेहनाले बताउनुभयो ।

“त्यतिबेला हाम्रो घरको स्थिति निकै कमजोर थियो,” बेहनाले भन्नुभयो – “बुबाले रुपैडियाबाट तरकारी किनेर अनि त्यसलाई बेचेर हामीलाई पढाउनुहुन्थ्यो ।” उहाँका अनुसार विदेश गएर धेरै पैसा कमाओस् र खेत किनोस् भन्ने बुबाको चाहना थियो ।

“बुबाको विदेश पठाउने इच्छा त मैले पूरा गर्न सकिनँ तर तरकारी लगाउने खेत किन्ने र तरकारी खेती गर्ने सपना भने पूरा गरँे,” बेहनाले भन्नुभयो । पाँच वर्षअघि कक्षा ८ मा पढ्ने १८ वर्षीय बेहनाले बुबालाई तरकारी खेतीबाट आम्दानी हुन्छ भन्ने विश्वास दिलाउँदै सुरुमा अरूको दुई कट्ठा जमिन ठेक्कामा लिएर तरकारी खेती सुरु गर्नुभयो । “सुरुमा ३० हजार रुपैयाँ लगानी गरी दुई कट्ठा जमिनमा टमाटर मात्रै लगायौँ,” बेहनाले भन्नुभयो – “त्यो टमाटर खेतीबाट ६० हजार आम्दानी भयो ।”

पहिलो खेतीबाटै सफलता प्राप्त भएपछि बिस्तारै अरू तरकारी लगाउन थप दुई कट्ठा जमिन ठेक्कामा लिई तरकारी खेती गरेको उहाँले बताउनुभयो । “बिस्तारै रकम जम्मा गरेपछि हामीले तरकारी खेतीबाटै नौ कट्ठा जमिन किन्यौँ, अहिले आफ्नै नौ कट्ठा जमिन र चार कट्ठा ठेक्कामा गरी १२ कट्ठा जमिनमा भन्टा, गोभी, टमाटर, फर्सी लगायतका तरकारी खेती गरिरहेका छौँ,” बेहनाले भन्नुभयो ।

तरकारी खेतीबाटै आफ्नो र बहिनीको बिहे सम्पन्न गर्नुभएका बेहनाले अहिले घर बनाउन इँटासमेत किनिसक्नुभएको छ । “म विदेश गएको भए यसरी कमाउन सक्थें कि सक्दिनथें थाहा छैन तर आफ्नै परिवारसँग बसेर तरकारी खेती गर्न पाउँदा निकै सन्तुष्ट छु,” बेहनाले रासससँग भन्नुभयो – “तरकारी खेतीमा अहिले परिवारका सबै बुबा, आमा, श्रीमती, बहिनी, भाइ र म खटिरहेका छौँ ।” तरकारी खनजोत गोडमेलका लागि दैनिक तीन–चारजना कामदारसमेत राखिएको छ ।

वर्षमा दुई याम तरकारी लगाउने बेहनाले घरखर्च, कामदार, बीउबिजन, भाइबहिनीको पढाइ सबै खर्च कटाएर चोखो रु दुईदेखि अढाइ लाखसम्म आम्दानी गरिरहनुभएको छ । “मैले उत्पादन गरेको तरकारी बेच्नलाई समस्या छैन, बारीमै तरकारी किन्न ग्राहक आउँछन्,” बेहनाले भन्नुभयो – “बाँकी तरकारी यहाँबाट नेपालगन्ज रानीतलाउ तरकारी मण्डीमा साइकलमा लैजान टाढा हुने भएकाले अब अटो रिक्सा किन्ने सोचमा छु ।” व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरनुभएका उहाँ युवालाई वैदेशिक रोजगारको मोह त्यागी स्वदेशमै केही आयमूलक कार्य गर्न सुझाव दिनुहुन्छ ।

आजको रासिफल – बि.स.२०७३ पौष १५ गते । शुक्रबार । ईश्वी सन् २०१६ डिसेम्बर ३० तारिख ।



क्यालिफोर्निया, अमेरिका – बि.स.२०७३ पौष १५ गते । शुक्रबार । ईश्वी सन् २०१६ डिसेम्बर ३० तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९३८। पौष शुक्ल पक्ष । तिथि प्रतिपदा, १६ घडि ३६ पला,अपरान्ह्र १३ बजेर ३४ मिनेछ उप्रान्त द्धितिया । नक्षत्र पूर्वाषाडा, १६ घडि ३८ पला, अपरान्ह १३ बजेर ३५ मिनेट उप्रान्त उत्तरषाडा । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर १७ मिनेट जादा । दिनमान २५ घडी ५३ पला । चन्द्ररासि धनु बेलुका १९ बजेर ५७ मिनेट उप्रान्त मकर ।

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ) काम गर्ने सवालमा बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्दै अगाडि बढ्नु पर्नेछ । सामाजिक काम गर्ने सवालमा कामहरु समयमा सम्पन्न नहुँने हुँनाले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । शैक्षिक तथा धार्मिक यात्राका क्रममा प्रभावशालि ब्याक्तिहरु सँग भेटघाट भएपनि तपाईले प्रस्तुत गर्नु भएको योजनाको खुलेरै आलोचना गर्नेछन् । ब्यापार ब्याबसायमा नाफा कमाउँन बढीनै समय दिनु पर्नेछ । अन्य क्षेत्रमा ब्यास्त रहनाले पढाई लेखाईमा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । साथिभाई तथा आफन्तहरु तपाईलाई प्रयोग गरेर फाईदा लुट्न अनवरत लागिरहनेछन् ।
शुभ अंक — १,५ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ अं अंगराकाय नम :

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा) आर्थिक संकटको सामना गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ । बैक तथा बित्तिय सस्था तथा शेयर बजारको कारोबार भने फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँन सक्ने हँुनाले ज्यानको ख्याल गर्नुहोला । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हावि हुँनेछन् भने नतिजा अरुकै हातमा पर्नेछ । पति पत्नि बिच घरायसि कुरामा मनमुटाब बढ्नेछ भने माया प्रेममा धोका हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना शुरु गरिने कुनै पनि कामबाट लाभ भन्दा घाटा लाग्नेछ ।
शुभ अंक — २,६ शुभ दिशा — पश्चिम
शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र — ॐ चामुण्डाय नम :

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) साझेदारि ब्याबसायमा साझेदारहरुबिच सौहार्दपुर्ण सम्बन्ध सिर्जना हुँने हुँनाले लगानि गर्ने वाताबरण सिर्जना हुँनेछ । ब्याबसायिक तथा रमाईलो गर्नको लागि लामो दुरिको यात्रा तय हुँनेछ । पारिवारिक माहोलमा सहभागि भई आफन्तहरु सँग रमाईलो गरि दिन कटाउँन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेम तथा पति पत्नि बिच को सम्बन्धको गाठो कसिलो भएर जानेछ । तपाईको ब्याक्तित्व देखि सबै मोहित हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारि घर परिवार तथा गुरुवर्गहरुलाई सकारात्मक सन्देश दिन सकिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुने हुँनाले मन प्रशन्न रहनेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ देवमाताय नम :

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । संकट ब्याबस्थापनका लागी चालिएका कदमहरु बाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । अधिकार प्राप्तिका लागि हुने संघर्षहरुमा तपाईको बलियो पकड रहनेछ भने पर्तिपर्धिहरु हार खानेछन् । अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनेछन् । खर्च बढेता पनि आम्दानिका स्रोतहरु फराकिला हुने हुँदा दैनिक कामकाजमा खासै फरक पर्ने छैन । ब्यापार ब्याबसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । मामा तथा मावल पक्षबाट तपाईको काममा सहयोग तथा सद्भाव रहनेछ ।
शुभ अंक —५,७ शुभ दिशा — उत्तर
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ साम्ब शिवाय नम :

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे) माया प्रेममा रमाउने जोडिहरुले आजको दिन टाठानै बस्नु उचित हुनेछ किनकि भेटघाट हुँदा अबिश्वास तथा शंका पैदा हुन सक्छ । समाज बिकासका लागि जोस जागर बढेर आएपनि ईष्टमित्र,आफन्त तथा साथिभाईको खासै समर्थन पाईने छैन । बौद्धिक तथा प्राज्ञिक ब्याक्तित्वहरुसँग शिक्षा क्षेत्र सँग सम्बन्धित बिषयमा बिवाद हुन सक्छ ख्याल गर्नुहोला । स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले सताईरहनेछ । पढाई लेखाईमा आफ्नो पक्षमा नतिजा हात पार्न अलि बढि संघष गर्नु पर्नेछ । ब्यापार ब्याबसायमा भने जस्तो आम्दानि नहुँने हुँनाले दैनिक कामहरु प्रभावित हुँनेछन् ।
शुभ अंक —५,८ शुभ दिशा — पश्चिम
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ घृ सूर्याय नम :

कन्या (टो, पा, पी,पु,ष,ण,ठ,पे,पो) सामाजिक,राजनितिक तथा सास्कृतिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाति रहनेछन् । पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घर परिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुँनेछ । घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाफा कमाउँन सकिनेछ । आधुनिक कृषि प्रणालि तथा पशुपालन ब्याबसायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ ।
शुभ अंक —६,७ शुभ दिशा — पुर्व
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ चित्तरुपाय नम :

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,ते) पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । ब्यापार ब्याबसाय अरुदिन भन्दा फस्टाएरु जाने हुँनाले थप लगानि गर्न आट आउँनेछ । छोटो तथा रमाईलो आन्तरिक यात्रा हुनेछ भने यात्राका क्रममा नयाँ ठाउँहरुको अवलोकन गर्न सकिनेछ । लेखन कलामा सुधार भएर जानेछ भने सामाजिक सञ्जाल तथा सञ्चारको माध्ययमबाट आफ्नो लेख रचनाहरु जनमानसमा लैजान सकिनेछ ।
शुभ अंक —७,८ शुभ दिशा — पुर्व
शुभ रंग —निलो कार्य सिद्धि मन्त्र — ॐरत्नप्रियाय नम :

बृश्चिक (तो, ना, नी, नू ,ने,नो, या,यी, यू) ब्यापार ब्याबसायमा नाफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्ला ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ । गलत ब्यात्तिहरुले प्रभावमा पारेर गलत निर्णय गराउँन बाध्य पार्ने तथा ति निर्णयहरुको सर्बत्र आलोचना हुने हुने हुँनाले सोच बिचार गरेर काम गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ ।
शुभ अंक ४,५ शुभ दिशा — दक्षिण
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिबिनायक नम :

धनु (ये, यो,भा, भी,भू ,ध, फा,ढा,भे) योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । गित संगीत तथा मोडलिङ पेशा ब्याबसायमा समय दिनेहरुका लागि आजको दिन राम्रो रहेको भने प्रशस्त आम्दानि गर्न सकिनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।
शुभ अंक —१,५ शुभ दिशा — दक्षिण
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ पार्वतीपतय नम :

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो,गा,गी) मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ सजक रहनुहोला । सुधारात्मक कार्यमा खर्च बड्नेछ भने अनाबस्यक ठाउँमा बल तथा बुद्धि प्रयोग हुनेछ सजक रहनुहोला । बिदेशबाट आयात हुने सामानको ब्यापार ब्याबसाय बाट प्रशस्त नाफा कमाउन सकिनेछ भने बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा खासै ध्यान नजादा नतिजा अरुकै पक्षमा जानेछ । प्रेम प्रशंगमा सामान्य घटपट हुँने तथा पति पति बिच अबिश्वासको बाताबरण सिर्जना हुँनेछ
शुभ अंक — १,२ शुभ दिशा — पुर्व
शुभ रंग — कालो कार्य सिद्धि मन्त्र — ॐ बिश्णवे नम :

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) लुवाई खुवाईमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्नेछ । आर्थिक ब्याबस्थापनका निम्ती चालिएका कदमहरु आफ्नै कमजोरिले उपलब्धि बिहिन हुनेछन् । शिक्षा क्षेत्र तथा पढाई लेखाईमा समय दिन सक्दा राम्रै प्रगति गर्न सकिनेछ । आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । तपाईको प्रगतिमा जल्नेहरु प्रशस्त भेटिनेछन् भने काममा बाधा पु¥याउन सक्छन् । योजना अनुरुप कामहरु सञ्चालित नहुँदा बिचमै रोक्नु पर्ने हुन सक्छ । दाजुभाई तथा आफन्त सँग सानातिना घरायसि कुरामा बिवाद हुने सम्भावना रहेको छ ।
शुभ अंक —३,८ शुभ दिशा — दक्षिण
शुभ रंग — कालो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम :

मीन (दी दू थ झ ञ दे दो चा ची) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाँफा कमाउन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ ।
शुभ अंक —१,५ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ निलकण्ठाय नम :

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं

आजदेखि मादीको साढे १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै



पोखरा । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइन आजदेखि सञ्चालन गरिन लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए ।


आयोजनाबाट उत्पादन गरिएको विद्युत् लेखनाथ नगरपालिकास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाई निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, महाभूकम्प र सुरुङ खन्ने क्रममा पहिरो जाँदा लागत बढेर सात अर्ब रुपैयाँ पुग्न गएको बताइएको छ ।

कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत लगानीमा विसं २०६९ को पुस महिनादेखि आयोजना सुरु गरिएको थियो ।

ऊर्जामन्त्री जनार्दन शर्माले नवनिर्मित आयोजनाको आज उद्घाटन गर्ने कार्यक्रम छ ।

watch first and then search