watch first and then search
watch first and then search
Sunday, November 6, 2016
बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका लागिन् खुसी
काठमाडौँ । हँसिलो अनुहार, रचनात्मक क्रियाकलाप अनि दरिलो आत्मविश्वास भएकी १२ वर्षीया विधि पूरी ‘खुसी’ लाई भेट्ने जो कसैले उहाँलाई केही भएको होला भन्ने कल्पना गर्न पनि सक्दैनन् । आफू रक्त क्यान्सरबाट गुज्रिरहेको भए पनि उनको व्यवहार भने बिरामीको जस्तो नभएर निरोगी मानिसलाई पनि पाठ सिकाउने खालको छ । रक्त क्यान्सरबाट पीडित यी बालिकाले आफ्नो बोनम्यारो ट्रान्सप्लान्टका लागि आफ्नै प्रयासमा दाताको खोजी गरेकी छिन् । उनी गत बुधबार आफ्ना बुबाआमा र बहिनीका साथ बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका गएकी छिन् ।
उहाँका बुबा राजेशकुमार पुरीको सहयोगमा उनी आफैँले पत्र लेखी अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, युरोपियन युनियनलगायतका ११ ठाउँमा बोनम्यारो ट्रान्सप्लान्टका लागि सहयोग गर्न अपिल गरेकी थिइन् । सोही अपिललाई अमेरिकाको एक अस्पतालले निःशुल्क उपचार गर्ने पत्र पठाएपछि अहिले खुसीको परिवारमा हर्षको सीमा छैन । उनका बुबाले सहयोग गर्ने सो अस्पतालको नाम तत्काल सार्वजनिक गर्न नचाहे पनि उनलाई करिब रु दुई करोडभन्दा बढीको सहयोग प्राप्त भएको बताए ।
खुसीको परिवारको अथक प्रयासले उहाँको स्वास्थ्यमा निकै सुधार आएको छ । खुसीले आफ्नो १२औँ जन्मदिनमा केक नकाटेर सो पैसा आफूजस्तै क्यान्सरपीडित बालबालिका लागि सहयोग गर्ने इच्छा गरेपछि उनका नाममा गत जेठमा रु एक लाख ५० हजार ४०२ को खुसी फाउन्डेसन एएमएल नेपाल नामक ट्रष्ट स्थापना गरिएको छ ।
खुसीले कक्षा ७ को पाठ्यपुस्तक ‘पोजेटिभ लिभिङ्बुक’मा आफूजस्तै रक्त क्यान्सरपीडित बार्बीको कथा पढेकी थिइन् जसमा उनले क्यान्सर भएपछि कसरी हिम्मतले काम गरिन्, अनि निको भएर क्यान्सर भएका बच्चाका लागि काम गरिन् भन्ने कुरा थियो । पुस्तकको कहानी पढ्दा त खुसीले आफू पनि यस्तै रोगको सिकार हुनुपर्नेछ भन्ने सोचेकी पनि थिइनन् । उनले भनिन् – “जब मलाई दिल्लीमा यो रोग भएको थाहा भयो । अनि मैले बार्बीको कथा सम्झें । अरुलाई पनि यस्तो रोग लागेको छ र राम्रो उपचार गरे निको पनि हुन्छ भनेर चिन्ता लिइनँ ।”
उनका कुरा सुन्दा ठूलै जान्नेबुझ्ने मानिसले कुरा गरे झँै लाग्छ । किमो गरिएको हुनाले उनलाई विशेष स्याहारको आवश्यकता हुनाले उनको परिवारले दुई परिचारिका राखी घरैमै सुविधासम्पन्न क्याविनको व्यवस्था गरेको थियो, जहाँ खुसी विभिन्न प्रेरणादायी पुस्तक पढ्ने, चित्र कोर्ने, गीत गाउने र नाचेर आफूलाई व्यस्त राख्थिन् ।
ट्रष्टले खुसीको जन्मदिन पारेर एक जना क्यान्सरपीडितलाई सो रकम सहयोग गर्ने लक्ष्य लिएको छ । ट्रष्टको पहिलो दिन खुसीले कान्ति बाल अस्पतालमा उपचार गराइरहेका २६ जना बालबालिकालाई रु एक हजार ४०२ नगदसहित फलफूल र मिठाइ बाँड्दै क्यान्सर भयो भनेर हरेस नखान र हिम्मतले अगाडि बढ्न बिरामी र उनका परिवारलाई सुझाव दिइन् ।
उनका बुबा राजेश पुरीले भने – “गत वर्ष चैत महिना ज्वरो आउने र टन्सिल पाकेर समस्या भएपछि उहाँका आमाबुबाले अस्पताल लग्दासम्म पनि मैले के कारणले यस्तो भएको भन्ने हो भन्ने भेउ पाइनँ । कान्ति बाल अस्पतालका चिकित्सकले चार, पाँच दिनको एन्टिवायोटिक औषधि दिएका थिए । औषधि खाँदासम्म निको भए पनि पछि तुरुन्तै पुनः त्यस्तै समस्या देखियो ।”
छोरीलाई निको नभएपछि पुनः रगत परीक्षण गर्दा प्रतिवेदनमा इम्माच्योर सेल देखिएपछि रक्त क्यान्सर भएको पुष्टि भयो र थप उपचारका लागि दिल्ली पु¥याइएको थियो । एक हप्ताजति दिल्लीको म्याक्स अस्पतालमा उपचार गराएपछि चिकित्सकले किमो दिनुपर्ने बताए र त्यसको खर्च करिब रु ३० देखि ३५ लाख लाग्ने बताए ।
त्यसपछि उहाँले छोरीको इच्छाअनुसार नेपालमै किमो लिने र बाँकी उपचार गर्ने भनेपछि नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरमा राखी पाँच पटकसम्म किमो दिइएको थियो । त्यसका लागि लाग्ने खर्च मध्यमस्तरको नेपालीका लागि सामान्य कुरा थिएन । बोनम्यारो प्रत्यारोपण गर्न करिब रु दुई करोडभन्दा बढी लाग्ने चिकित्सको भनाइ छ ।
पुरी छोरीको आत्मविश्वासले आफूहरुलाई पनि हिम्मत मिलेको बताउँछन् । उनले भने – “उनी बिरामी हुँदा पनि सक्रिय रहने र मुस्कुराइरहने हुनाले हामीलाई पनि छोरीलाई लागेको रोग निको हुन्छ भन्ने विश्वास गर्न सजिलो भयो ।”
उनलाई अमेरिकामा उनकी नौ वर्षीया बहिनी विभूतिले बोनम्यारो दिनेछिन् । खुसीले अमेरिकामा १८ महिना उपचार गरी नेपाल फर्किएपछि आफूजस्तै क्यान्सरपीडित बालबालिकाका लागि काम गर्ने इच्छा रहेको बताइन् । “आएपछि मेरो छुटेको पढाइ पनि सुरु गर्नुछ” – उनले भनिन् ।
एक शिक्षित परिवारमा भएकाले खुसीले समयमै उपचार प्राप्त गर्ने अवसर प्राप्त गरिन् तर नेपालमा सानै उमेरमा क्यान्सर भएर उपचार नपाएका धेरै बालबालिका छन् । सरकारले नेपालको कान्ति बाल अस्पतालमा क्यान्सर भएका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था पनि गरेको छ । तर सबैले खुसीले पाए जस्तो अवसर भने पाउँदैनन् ।
अपवित्र भएको रामजानकी मन्दिर पवित्र भएकै हो त ?
भारतीय निर्देशन अनुसार नेपाली नागरिकहरुलार्इ हुने नहुने भए नभएका कृतिम कुरा सुनाउँदै नेपालको राजकीय सत्ता हात पार्न सफल भएका शासकनेताहरुको जमातले नेपालालार्इ ध्वस्त पार्नकालागि तयार पारिएको १२ बुँदेका माष्टरमाइण्ड तथा हाल भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणका क्रममा शासक बनेका टेररिष्टहरुको जमातले नेपाली नागरिकहरुका सत्यकुरा भारतीय राष्ट्रपति प्रणव मुखर्जी छेउ राखेर भारतलार्इ चिड्याउँने भए भन्ने सोचेर अधोषित कर्फ्यु लगाइ सेना परिचालन गरेर भए पनि राजकीय भ्रमणको औपचारिकता पुरागरेर भ्रमण सफल भएको र भारतसंगको सदियौ पुरानो सम्बन्ध अझ सुदृढ भएको धोषणा गरी खुसी मनाउनुलार्इ ” हग्नेलार्इ भन्दा देख्नेलार्इ लाज” भने जस्तै हुन पुगेको कुरा धेरैले जान्न थालिसकेकै हो । अब यो तथ्य लुकाउने बिषय भएन ।
नेपाली नागरिकहरुले भारतका महामहिम राष्ट्रपतिको विरोध जमेर गरे । यो विरोध किन गरेका हुन त्यस्को अध्ययन गर्ने गराउनेकाम सरकारको भए पनि सरकार भने महामहिमको नेपाल भ्रमण अत्यान्तै सफल भएको भन्ने प्रचार प्रशार गराउनमा नै व्यस्त छ। सरकारको लाज ढाक्ने काममा खटिएका ठेक्केदारहरुले भने विदा दिएको र अघोषित कर्फ्युको मात्र सामान्य विरोध भएको हो अरु विरोध भएको होइन भनेर सरकारलार्इ रिपोर्ट दिएर र मिडियाहरुमा जोड तोडले झुटा कुरा प्रचार प्रशार गरी ठेक्का पुरा गरिरहेकै छन ।
यदि यो कुरो साँचो हो भने नेपालका शासकनेताहरुका काम कार्वाहीको खुलेर विरोध गर्नु पर्नेमा राजकीय भ्रमणमा आएका भारतका महामहिम राष्ट्रपतिको विरोध किन भएको हो त ?
सरकारले सुरक्षाको हावादारी हुइँया नपिटी सडक बन्द नगरेको भए राजधानी काठमाण्डौमा पनि नेपाली नागरिकहरुले सडकका दायाँबायाँमा उभिएर नेपालको राष्ट्रिय झण्डा हल्लाउँदै, भारत सरकारले नेपाल र नेपाली प्रति गरेका हस्तक्षपका गुनासाहरु सुनाउँदै, पुष्प गुच्छा दिदै, खादा चढाउँदै, सयपत्रीका माला लगाउँदै, भारतीय हस्तक्षप बन्दहोस, लिपुलेक कालापानीबाट भारतीय फौज हटोस, भारतीयहरुले निलेको सुस्ताका खेतहरु फिर्ता होस, भारतले लेखापढी गरेर फिर्तागरेको टिष्टा काङ्गडा हस्तान्तरण होस, भारतमा नेपालीहरु प्रति गरिने दुर्व्यवहार बन्दहोस, जस्ता कुराहरु महामहिम भारतीय राष्ट्रपतिलार्इ सौहार्दपूर्ण वातावरणमा भन्ने अवशर नेपाली नागरिकहरुले पाएको भए वास्तविक स्वागत र नागरिक अभिनन्दन हुने थिएन र ?
सरकारले नेपालका हितमा कुरा राख्न नसकी टाउको दुखेको ओखती नाइटातिर दल्दै भारत भक्तिमा मात्रै व्यस्त रहेकाले नेपाली नागरिकहरुले भारतीय थिचो मिचो र नेपालको राष्ट्रिय हितका बिषयमा महामहिम राष्ट्रपति मार्फत भारत सरकारलार्इ आफ्नो देशको कुरा राख्ने अवसर नपाएकैले “सौताका रिसले पोइको काख हग्ने ” भन्ने उखान जस्तै शासकनेताहरुलार्इ गरेको गाली महामहिम भारतीय राष्ट्रपति तिर ठोक्किन पुगेकोले अब उसो भने आक्रोसित बनेका नेपाली नागरिकहरुले होसमा आएर सच्चिदै झुक्किएर महामहिमलार्इ गरेको गाली शासकनेताहरु तिर फर्कने दिन नजिकिदै आए जस्तो लाग्न थालेको छ ।
राष्ट्रपति आउने दिन उन्को सवारी हुने सडकका दायाँ बायाँ चोक चोक तथा बिभिन्न ठाउँ ठाउँमा भेला भएर नेपाली नागरिकहरुले भारतले नेपाल र नेपाली प्रति गरेका देखेका जानेका भोगेका सुनेका ऐतिहासिक तथ्यपरक प्रमाणित विवरण र घटनाहरुको निराकरणकालागि महामहिम राष्ट्रपति मार्फत भारत सरकार छेउ सबै कुरा पुगुन भन्न खोजेकोमा सो अवशर नागरिकहरुलार्इ दिदा सरकारमा बसेका शासकहरु अपमान हुने ठानेर अवशर नदिएको हुनाले चित्त दुखाउँदै आक्रोसित भएको भिडले महामहिमको विरोध गरेको देखिन्छ ।
हुन पनि हो (मार्सल) लडाकु जातिका नेपाली नागरिकहरुले रिसको झ्वाकमा काठमाण्डौमा कालो झण्डा देखाउन खोज्नु, पोखरामा विरोध जुलुस निकाल्नु, स्वागतद्वार भत्काइदिनु, राष्ट्रपति चढेको जाहाज अवतरण हुने बेलामा पटका पड्काएर चराहरु उडाइदिनु, बेलुनमा कालो झण्डा बाँधेर आकासमा छोडिदिनु, जस्ता घटनाहरु सार्वजनिक हुनु भनेको वर्तमान सरकारको शासन प्रणालिको धज्जी उडाएकै होइन र ?
तर यी घटनाहरुको ठीक विपरित जनकपुरमा भने खुल्ला हृदयले नागरिक अभिन्नदन भएको हो तर अभिनन्दन समारोहका सहभागीहरुमा २०४६ साल पछिका नेपालका शासक नेताहरुले भारतीय आदेशले १९५० को नेपाल भारत मैत्री तथा शान्ति सन्धिको धारा ७ लत्याउँदै लाखौं भारतीयलार्इ नेपाली बनाइदिएकाले रैथाने नेपालीहरुका भागको गाँस खोस्दै थिचो मिचो गरेर बसेका भारतीयहरु र अभिनन्दन समारोहमा ठूलो जमघट देखाउन भारतको बिभिन्न प्रान्तबाट ल्याइएका नेपाली नागरिकताधारी भारतीयहरुले उत्साहपुर्वक भारतका महामहिम राष्ट्रपतिको स्वागत गरेकै हो भने त्यस्ता भारतीयहरु र गृह तथा उपप्रधानमन्त्री बिमलेन्द्र निधीको टेररिजमले रैथाने नेपाली नागरिकलार्इ पनि उपस्थित गराउन सफल भएकै हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले अपवित्र पारिदिएको रामजानकी मन्दिर भारतीय राष्ट्रपतिले पवित्र पारी दिएपछि मन्दिर नै खुसी भएर मधेशवादीहरुको मनोबल बढाउने बरदान प्राप्त भएकै हुनु पर्छ ।
यदि शासकनेताहरुले यी नेपाली नागरिकहरुले राख्न खोजेका बोल्न खोजेका र भइरहेका कुराहरु सत्य होइनन् विरोधीहरुका भीडको हल्ला मात्र हो भन्छन भने गणतन्त्र भए पछि पालै पालो गरेर गठन भएका सरकारहरु मध्ये नेपालको कुन सरकारले भारत सरकारसंग लिपुलेक कालापानी भारतले हड्पेको कुरा राखेर त्यहाबाट हट्नु होस भन्न सक्यो ? भारत सरकारसंग कुन सरकारले भारतीयहरुले सुस्ता निलीरहेको कुरा राखेर भारतीयहरुले निलिरहेको नेपाली किसानहरुको लालपुर्जा भएको जमिन फिर्ता गराउनु होस भन्न सक्यो ?
कुन सरकारले ३१ जुलार्इ १९५० को नेपाल भारत मैत्री तथा शान्ति सन्धि कार्यान्वयन गरेर सन्धिले फिर्ता गरेको टिष्टाकाङ्गडा भित्रका सबै भूभागहरु फिर्ता गर्नुहोस भन्न सक्यो ? भारतबाट रोजगारी गरेर फर्केका नेपालीलार्इ सीमा नाकामा भारतीयहरुले लुट्ने गरेको कुरा बन्द गराउन कुन सरकारले पहल गर्न सक्यो ? नेपाल र भारतबीचको मैत्री तथा शान्ति सन्धि मिचेर भारतीय दवावले नेपाली बनाइएका भारतीयहरुलार्इ मन्त्रीसम्म बनाउने तर भारतमा सदियौदेखि बस्तै आएका नेपालीहरुले भोटरलिष्टमा नामसम्म राख्न नपाएर पुस्तौ पुस्ता विदेशी नै हुनु परेको यथार्थ कुन सरकारले राख्न सक्यो ?
उल्टै सुशिल कोइरालाको सरकारमा एमालेका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले नेपाली नागरिकहरुका आँखा छल्दै प्रबुद्धवर्ग मार्फत टिष्टाकाङ्गडा भारतबाट फिर्ता नलिनकालागि शुरु गरेको कामलार्इ एमालेका झोलेहरुले राष्ट्रवादी भन्ने गरेको ओली सरकारले निरन्तरता दिदै प्रबुद्धवर्ग भर्ना गरी भारत खुसी पार्ने काम शुरु गर्ने महेन्द्र पाण्डेलार्इ राजदूतको पुरस्कार दिएकै हो ।
यस पछिको दाहाल सरकार भने राष्ट्रवादी बनिनकालागि महेन्द्र पाण्डेले पाएको राजदूतको पुरस्कार खोसेकै भरमा पहिलेको खीलराज रेग्मी सरकारका परराष्ट्र मन्त्री माधव घिमिरेले शुरु गरेको राष्ट्रघाती कामलार्इ भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतलार्इ खुसी पार्न हस्ताक्षर गरिदिएर भारतसंगको सम्बन्ध सुधारेको नाममा भारतीय राष्ट्रपतिलार्इ नेपाल भित्र्याउने कुटनीतिमा प्रधानमन्त्री सफल भएको हल्ला फिजाए पनि नेपालको संविधानका बिषयमा महामहिम भारतीय राष्ट्रपतिले दिएको साविककै भारतीय निर्देशन पालना गर्दै सिङ्गो राष्ट नेपालको गौरव र नेपाली नागरिकको निरिह बनेको स्वाभिमान कतिदिन निरिह नै भएर बस्ला त ? के लाटाको खुट्टो बाटामा पर्ने दिन आउदैन र ?..।।
‘तरकारीवाली’ कुसुम श्रेष्ठका बिषयमा दुनियाँलाई थाहा नभएका रहस्यहरु- भिडियोमा हेर्नुस
तरकारीवाली’ कुसुम श्रेष्ठका बिषयमा दुनियाँलाई थाहा नभएका रहस्यहरु- भिडियोमा हेर्नुस-
प्रतिनेपालीको थाप्लोमा उन्नाइस हजार वैदेशिक ऋण !
काठमाडौँ, २१ कात्तिक । हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ ।
पुरानो शक्ति अभियान नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालमा भ्रष्टाचार बढेकाले सो भार बढेको भन्दै वक्ताहरुले सुशासन र भ्रष्टाचार नियन्त्रण नभएसम्म आगामी दिनमा यो अझ बढेर जाने बताउनुभयो ।
भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान विभागका प्रमुखमाथि महाअभियोग लगाउँदा त्यसले भ्रष्टाचार गर्ने प्रवृत्तिलाई बल पुग्ने भएकाले त्यसो नगर्न उहाँहरुको आग्रह थियो । सो प्रस्ताव फिर्ता नभए कात्तिक २९ देखि सो अभियानले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणासमेत सो अवसरमा गरिएको थियो ।
सो शक्तिका संयोजक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले भ्रष्ट नेताले विदेशमा राखेको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने, भ्रष्टाचारमा कारबाही रोक्ने उद्देश्यले दर्ता गरेको महाभियोग प्रस्ताव खारेज गर्नुपर्ने माग गर्नुभयो ।
पत्रकार प्रेम कैदीले राजनीतिक अस्थिरताले मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै यसलाई राजनीतिक नेतृत्वले नै संरक्षण दिएको आरोप लगाउनुभयो ।
Subscribe to:
Posts (Atom)