
समावेशी प्यानलको तर्फबाट उद्योग तर्फका उपाध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी
नेपालगन्जका रैथाने, । जो पुस्तौदेखी यही क्षेत्रमा रहदै आएका छन् । नेपालगन्ज शहरमा कतिपय यस्ता ब्यक्तित्वहरु पनि हुनुहुन्छ, जो बाजे बुवाले बसाल्नु भएको जगलाई माथी उठाउदै जानु भएको छ । तिनै मध्येका एक हुनुहुन्छ नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ५ का अब्दुल वाहिद मन्सुरी, ।
उहाँको डाक्टर बन्ने इच्छा थियो । प्लसटु उर्तिणा गरिसकेपछि तत्कालीन समयमा ५ लाख भारतिय रुपैयाको आवश्यकता थियो । तर आर्थिक अवस्था सामान्य नै भएकाले जुटाउन सक्नु भएन । त्यसपछि नेपालगन्जकै एक क्पाम्पसमा भर्ना हुनुभयो ।
साथै बाजे, बुवाले सञ्चालन गदै आएको किराना ब्यवासायलाई पनि समय दिन थाल्नु भयो । डाक्टर वन्न नसकेता पनि खुद्रा, होलसेल वितरक फ्याक्ट्री हुदै अहिले उत्तरी छिमेकी देश चीनवाट समेत समान आयत गर्ने ब्यवासायि बन्न सफल हुन भएको छ । भदौ ११ गते हुन गइरहेको नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलबाट उद्योगतर्फको उपाध्यक्षमा उम्मेदवारी दिनुभएका अब्दुल वाहिद मन्सुरीसँग पश्चिमन्युज ले गरेको कुराकानी ।
१. डाक्टर बन्ने सपना देखेको व्यक्ति व्यवसायी हुनु भयो ? कस्तो लाग्दै छ ? हरेक व्यक्तिका आ–आप्mनै सपनाहरु हुन्छन । ति ब्यक्तिका सबै सपनाहरु पुरा नहुन पनि सक्छन । साईन्स पढेको मान्छे डाक्टर वन्ने सपना देख्नु स्वाभाविक पनि हो ।
तर सफल हुन सकेन । बाजे बुवाले शुरुवात गर्नुभएको ब्यवसायलाई नै निरन्तरता दिए । अहिले म मात्र नभई मेरो परिवार र अन्य आफन्त, प्रियजनहरु खुसी हुनुहुन्छ । म पनि सन्तुष्ट नै छु । २ .किराना व्यवसाय गर्न कत्तिको सहज छ ? हुन त कुनै पनि व्यवसाय होस वा काम गर्न सजिलो कहाँ हुन्छ र । त्यस्तै किराना व्यवसाय हो । सजिलो गाह्रो दुवै हुने भएकाले जहाँ सम्म सहज बनाईएर व्यवसाय सञ्चालन गरिहेको छु ।
३. हिजोको खुद्रा व्यवासाय आज कसरी होलसेल डिस्ट्रीब्युटर भो ? यसमा मेरो निरन्तरको मेहनत, व्यवासायिक इमानदारिता नै प्रमुख हो । अहिले १५ देखी १८ वटा सम्मान कम्पनीहरुको वितरक छु ।

घरपरिवारका साथै अन्य शुभेच्छुकहरुको पनि उतिकै साथ पनि पाएको छु । यसैको प्रतिफल नै मान्नु पर्छ । ४.यसलाई अझ बढाउने कि ? पुग्यो ? किराना व्यवसायलाई आगामी दिनमा अझ थप ब्यवस्थित गदै लैजाने सोच बनाएको छु । परिवारका धेरै सदस्य पनि यसैमा सग्लन हुनुहुन्छ ।
भने केहीलाई प्रत्यक्ष रोजगारी समेत दिएको छु । किराना व्यवसायवाटै मैले आप्mना धेरै आवश्यकताहरु पुरा गरेकाले छोड्ने अथवा घटाउने भन्ने कुरै आउदैन । ५.विगतका वर्ष भन्दा फरक विचार धाराणाका साथ संघको उद्योग तर्फ उपाध्यक्ष पदका लागीे उम्मेदवारी दर्ता गराउनु भएको छ हैन ? हो अवश्य पनि विगतका वर्षमा कार्यसमिती सदस्यका लागी लडेको थिए भने यसपटक उद्योग तर्फको उपाध्यक्ष पदका आप्mनो उम्मेदवारी दिएको छु ।
आशा छ आम उद्योगी व्यवासायिहरुले यसपटक पनि साथ र सहयोग दिनुहुनेछ । ६.२०६४ देखी यता लगातार संघमै हुनुहुन्छ । फेरि किन ? अरुलाई अवसर दिनु पर्दैन । सक्षम भएका नेतृत्व लिन सक्ने जोकोही व्यक्तिलाई पनि ढोका सधै खुल्ला नै हुन्छ । यसमा मैले छेकबार लगाएको भन्ने कुरै आउदैन् ।
रह्यो कुरा फेरि किन उम्मेदवारी, मैले आम उद्योगी ब्यवसायिहरुको पक्षमा सधै काम गरिरहेको छु । कोही कसैलाई समस्या पर्दा तत्काल पुगेको पनि छु । अझै पनि उद्योगी ब्यवसायिका समस्याहरु बाँकी नै छन् । त्यसैले सबैको साथ र सहयोगले नै यहाँ सम्म जाने आँट गरेको हुँ । ७.उसो भए अब संघमा गएपछि के गर्नु हुन्छ ? यस क्षेत्रको उद्योग ब्यवसायलाई माथी उठाउनका लागी मेरो हदै सम्मको पहल रहने छ भने विद्युत समस्या, खुल्ला सिमा ब्यापार नियन्त्रण, जिर्णा अवस्थामा रहेका उद्योग ब्यवासायको स्तर उन्नति र विकास, प्रशासनिक जटिलता, बहुदर कर प्रणालीलाई ब्यवस्थित गर्ने, दक्ष जनशक्ति उत्पादन गरि स्वदेशमै रोजगारका अवसरहरु सिर्जना गर्ने खालका महत्वपुर्ण विषय वस्तु नै म र हाम्रो समावेशी प्यानलका एजेन्डाहरु छन ।
क्रमै सगँ घोषणा पत्रमा उल्लेख गरिए अनुसारका प्रतिबद्धताहरु पुरा गदै जाने छौ । यो होइन की हामी एक्लैले सबै काम भनेकै समयमा पुरा हुन्छ । तर यसमा सबै क्षेत्रको साथ र सहयोगको त्यतिकै खाँचो छ । ८. १५ वर्षदेखीको ब्यवसायि, वस्तुगत संघका साथै अन्यनिकाय सगँ पनि त्यतिकै आबद्ध अझ त्यसमा भर्खरैको युवा ? कसरी समय मिलाउनु हुन्छ ? सबै ब्यक्ति सबै आ आआफनो क्षेत्रमा हुनुहुन्छ । सबैले त्यसरी नै समयको बाँडफाड गर्नु भएको हुन्छ ।
मैले पनि सबैले जस्तै सबै काम र जिम्मेवारीलाई उतिकै महत्व दिई बराबर समयको सदुपयोग गरिरहेको छु । ९. अव अन्त्यमा एजेन्डा वा व्यक्ति समुदाय के आधार मानेर उद्योगी ब्यवसायिले आफ्नो अमुल्य मत दिने ? हो यहीनेर प्रश्न आउँछ । नेपालगन्ज बहुधर्म, बहुभाषा, संस्कृति लगाएतका कुराहरुले सम्पन्न शहर हो । हामी सबै नेपाली दाजुभाई हौ ।
हामीमा आपसी समाजिक सद्भाव र एकता हुन जरुरी छ । तर राजनितीले पछिल्लो समय अन्य क्षेत्रमा झै उद्योग ब्यवसायिमा पनि प्रभाव पारिरहेको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो ।
तथापी हामी ब्यक्ति समुदाय, राजनिति भन्दा माथी उठेर ब्यवसायिक हक, हित, सुरक्षा र एकताका सम्वन्ध रहेका एजेन्डाहरुलाई मृर्तरुप दिन साथ र सहयोग पु¥याउनु नै उत्तम हो जस्तो मलाई लाग्छ ।
No comments:
Post a Comment