watch first and then search

watch first and then search

Sunday, November 6, 2016

जेठाजुले गरे बन्चरो प्रहार गरी भाइबुहारीको हत्या



कार्तिक, २१ भीमदत्तनगर ।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३५ वर्षीया तुलसी भट्टलाई उनकी जेठाजु ईश्वरी भट्टले बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

आज बिहान करिब ४ बजे ईश्वरीले भाइबुहारी तुलसीलाई गाईगोठमा बन्चरो प्रहार गरी हत्यापश्चात् फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । जेठाजुको बन्चरो प्रहारबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान् धनी भट्ट रोजगारीको सिलसिलामा भारतमा रहेका बेला जेठाजुले बुहारीको हत्या गर्नुको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । प्रहरीले फरार रहेका भट्टको व्यापक खोजी गरिरहेको जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search