watch first and then search
watch first and then search
Sunday, November 6, 2016
रक्सी खाने बहानामा बोलाएर वीरबहादुरको हत्या
बुटवल गोलपार्कका ३४ वर्षीय वीरबहादुर गुरुङको हत्या अभियोगमा स्थानीय शिक्षक सन्तोष थापालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार अभियुक्त २५ बर्षीय थापाले गत कात्तिक १४ गते राती ८ बजे गुरुङको हत्या गरी बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सीमानाको बमाहा पुलमुनि शव फालेका थिए । टाउकोमा हथौडाले हानेर ४० मिटर लतारेर उनको हत्या भएको इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहको रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धीराज गुरुङले बताए । थापाले गुरुङलाइ रक्सी खाने बहानामा बोलाएर हत्या गरेको खुलेको छ । मृतकका साथबाट पाँच थान इलेक्टि्रक डेटोनेटर,११ थान हतियारमा प्रयोग हुने छर्रा, फिरौती ५ लाख, नक्साहरु फेला परेका थिए ।
घटनामा प्रयोग भएका सामानहरुमा १ थान हतौडा, मोवाइल सेट ४ थान, १ थान कैँची र केहि सिमकार्डहरु फेलापरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए । बिभिन्न अपराध लुकाउनकै लागि उनको हत्या भएको प्रहरीको अनुमान छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment