watch first and then search
watch first and then search
Wednesday, November 16, 2016
आत्मघाती बम विस्फोटमा चारको मृत्यु
काबुल । अफगानिस्तानमा बुधबार बिहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् । गृह मन्त्रालयनजिकै पुल इ मोहमद इलाकामा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ०८ बजे भएको यस विस्फोटनमा परी आत्मघाती आक्रमणकारीसहित चार व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता सेदकी सेदिकीले बताउनुभएको छ ।
सेदिकीले यस आक्रमणको विस्तृत विवरण भने बताउनुभएको छ्रैन् । तर घटनाको अनुसान्धान जारी रहेका बताउनुभएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । प्रहरीले सो इलाकालाई सुरक्षाको दृष्टिकोणले घेरा लगाएको र पत्रकारलाई समेत सो स्थानमा जान रोक लगाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment