watch first and then search

watch first and then search

Wednesday, November 16, 2016

यी १० बानीले गर्छ छालामा असर



मानिसको जिउने तरिकाले मानसिक स्वास्थ्यका साथै छालामा पनि एक खालको प्रभाव पर्छ । खाने बानीदेखि दिनभरमा मानिसले गर्ने क्रियाकलापले छाला कस्तो देखिन्छ भन्ने कुरा निर्धारण गर्छ । मानिसको खाना, शारीरिक अभ्यासले छालामा गहिरो प्रभाव पार्छ । त्यसैले जीवनशैलीमा सुधार गरेर छाला स्वस्थ राख्न सकिन्छ ।




१. खाने बानी
मानिसले खाने खानाले छालाको बनावट स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यदि खानामा पर्याप्त भिटामिन सीको कमी र चिल्लो र कार्बोहाइड्रेट बढी हुन्छ भने छाला अस्वस्थकर बन्न थाल्छ ।

२. भिटामिनको कमी
खानाको भिटामिनको उचित मात्रामा अभावको मूल्य छालाले चुकाउनुपर्छ । सूर्यको हानिकारक किरणको सम्पर्क र खानामा भिटामिनको कमीले छालाको क्षतिको जोखिम बढाउँछ । भिटामिन र मिनरलले भरिपूर्ण खानाले छालाको रक्षा गर्ने मात्र होइन, चाउरी पर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ ।

३. शारीरिक अभ्यासको कमी
शारीरिक अभ्यासको कमीले छाला निर्जिवजस्तै हुन्छ । यसैले आफ्नो दिनचर्यामा नियमित रुपमा अभ्यासको बानी सामेल गर्नुपर्छ । यसले शरीरको सबैभन्दा ठूलो अंगअर्थात् छालाका लागि फाइदा पु¥याउँछ । अभ्यासले शरीरमा रक्तसन्चारमा वृद्धि हुन्छ जसबाट छालालाई पोषण प्राप्त हुन्छ ।

५.राम्ररी निद्रान पु¥याउनु
शरीरलाई समूचित आराम नमिले यसको सिधा असर छालामा पर्छ । यसबाट आँखाको तलकालो घेरा, सुन्निनु र पहेंलो छालाजस्ता लक्षण देखिन्छन् । छालालाई स्वस्थपार्न कम्तीमा पनि ७, ८ घण्टा सुत्नु आवश्यक हुन्छ ।

६. गर्भावस्था
महिलामा गर्भावस्थाको सबैभन्दा बढी प्रभाव नै स्ट्रेच माक्र्स हो, लगभग सबै महिलामा गर्भावस्थाका दौरान शरीरका विभिन्न भागमा स्ट्रेच माक्र्स देखिन्छ । यसका लागि गर्भावस्थाको सुरुदेखि नै मोस्चराइज र अन्यमल्हम लगाउनुपर्छ । गर्भावस्थाका दौरान या गर्भनिरोधकचक्कीको उपभोग गर्ने समयमा पनि कालो रंगको धब्बा पनि देखिन्छ । सनस्क्रीन र सूर्यको हानिकारक किरणको सम्पर्कमा आउनबाट बच्ने हो भने यस्ता धब्बा निस्कनबाट रोक्न सकिन्छ ।

७. बुढ्यौली
एक खालको उमेर बिताइसकेपछि शरीर कोलेजनको उत्पादन कम गर्न थाल्छ, जसबाट छाला लच्कन्छ । जसबाट छालाले कोशिकाहरुको उत्पादन ढिलो गर्छ । उमेर बढ्ने यो प्रक्रियामा मृत छालालाई हटाएर रोक्न सकिन्छ । यसका अलावा छालामा उमेरको असर क मगर्न नियमित रुपमा छालालाई मोस्चराइजर गर्नुपर्छ ।

८. क्याफिनको अधिक खपत
अत्यधिक क्याफिन छालाका लागिहानिकारक हुन्छ । तर एक अध्ययनअनुसार क्याफिनलाई बाह्य छालामा लगाउनाले छालालाई सूर्यको हानिकारक किरणको नोक्सानीबाट बचाउन सकिन्छ र छालाको क्यान्सर लाग्ने खतरा कम हुन्छ ।

९. रक्सी
सामाजिक र तनाव कम गर्न आजकाल रक्सी शहरी जीवनको आवश्यक अंग बन्नग एको छ । रक्सी मूत्रबद्र्धक हुने कारण शरीरलाई डिहाइड्रेट गर्न र सुख्खापनका कारण छालामा असर पर्छ यसका लागि स्वस्थ र चमकदार छालाका लागि रक्सी सेवन नगर्नु नै उपयुक्त हुन्छ ।

१०. धूमपान
धूमपानले फोक्सो मात्र होइन, चाउरी पार्ने र छाला सुख्खाहुने समस्या निम्त्याउँछ । माइक्रोस्कोपले हेर्ने हो भने चुरोट सेवनगर्ने २०वर्षको युवाको अनुहारमा पनि चाउरी परेका हुन्छन् ।

No comments:

Post a Comment

watch first and then search