watch first and then search

watch first and then search

Wednesday, November 16, 2016

उपचार खर्च जुटाउन नसक्दा बिरामी बाबुलाई छाडेर पाँच भाइ छोरा ‘फरार’



गुल्मी– उपचार खर्च जुटाउन नसक्दा पाँच छोराले बुवालाई गुल्मी सदरमुकाम तम्घासको सुकुम्वासी बस्तीमा छाडेर भागेका छन् । चार दिनअघि लडेर टाउकोमा गम्भीर घाइते पुर्कोटदह–८ गुल्मीका ६३ वर्षीय कर्णबहादुर विकलाई छोराले अलपत्र पारेका हुन् ।


पैसा खोजेर भोलि आउँछौं भनेर उनका कान्छा छोरा मधु बुटवलतिर गएको कर्णलाई आश्रय दिएका शंकरले सुनाए, ‘यत्तिका दिन भयो अहिले त पाँचै भाइले फोन स्वीचअफ गरेका छन् ।’ पाँचै भाइ बुटवल सडकमा मजदुरी गरे पनि जन्म दिने बुवालाई बेवास्ता गरेपछि शंकरले उनलाई झिकाएका थिए ।



घाइते विश्वकर्मा वर्षौंदेखि सडकमा काम गर्दै आएका थिए । ‘आरने काम पनि धेरै वर्ष गरे,’ उनले भने, ‘बुढ्यौलीले छोएपछि त्यो काम छाडें ।’

कात्तिकको जाडोमा बाटोछेउमा पातलो कपडामा थर्थराउँदै लडेका विश्वकर्मालाई गुल्मी केयर विश्वा सञ्चालक उपाध्यक्ष विद्या कार्की र सचिव सागर कार्कीले देखेपछि टीठ लागेर एक जोर न्यानो कपडा दिएका थिए । ने

पाली सेना थागिधुमका गुल्मीपति, सशस्त्रका गुल्मपतिसँग आग्रह गरेर खाने खर्च जुटाइदिन सकिन्छ कि भन्ने प्रयासमा लागेको कार्कीद्वयले बताए ।

मंसिर १ देखि पेन्सन क्याम बस्दै छ । त्यहाँ सुन्तला बेचेर आएको मुनाफाले कर्णको उद्धारमा लगाउने सोचमा रहेको शंकरले बताए ।

काँग्रेस नेतृ सुजाता कोइरालालाई राज्यकोषबाट ५० लाख दिने सरकारी निर्णय आएकै बेला गुल्मीमा यस्तो घटना बाहिर आएको हो ।

No comments:

Post a Comment

watch first and then search