watch first and then search

watch first and then search

Sunday, October 30, 2016

इमेल प्रकरण ‘अनौठो’ : हिलारी



कार्तिक १४, २०७३- अमेरिकाको राष्ट्रपतीय चुनावकी प्रत्यासी हिलारी क्लिन्टनले त्यहााको अनुसन्धान निकाय एफबीआइले उनको इमेल प्रयोगका बारेमा अनुसन्धान पुन भइरहेको विषय खुलासा गर्नुलाई ‘यसअघि कहिल्यै नभएको र गहिरो रुपमा समस्या ल्याउने खालको’ भएको बताएकी छन् ।

चुनावी प्रचारप्रसारका क्रममा बोल्दै क्लिन्टनले चुनाव हुन दुई साता भन्दा कम समय बााकी रहेको बेला थोरै सूचनाको आधारमा उक्त अनुसन्धानको घोषणा गर्नु अनौठो भएको बताइन् ।

एफबिआइका निर्देशक जेम्स कोमीले चुनाव हुनु ११ दिन अघि शुक्रबार क्लिन्टनको इमेल प्रयोगसम्बन्धी अनुसन्धान भइरहेको विषय संसदलाई जानकारी गराएका थिए ।

कोमीले संसदलाई लेखेको पत्रमा हिल री क्लिन्टनले विदेशमन्त्री हुादा गोप्य सूचनाको व्यवस्थापनमा हेलचक्रयाइं गरेको हुनसक्ने विषयमा भएको अनुसन्धानसाग सम्बन्धित ठानिएका नयाा इमेलहरु प्राप्त भएको उल्लेख गरिएको थियो ।

कोमीले आफ्नो उक्त कदमको बचाउ गर्दै भनेका छन– ‘यदि अनुसन्धानसम्बन्धी विषय सार्वजनिक नगरेको भए त्यो भ्रामक हुनसक्थ्यो र त्यसलाई गलत रुपमा बुझ्न सकिन्थ्यो ।’

शनिबार लोरिडामा आफ्ना समर्थकहरुमाझ बोल्दै क्लिन्टनले एफबीआइको उक्त खुलासा अनौठो मात्रै नभइ यसअघि कहिल्यै नभएको बताइन् ।

यसबारे पूर्ण तथ्य पाउने अधिकार मतदाताको रहेकोले यसले निकै समस्यामा पारिरहेको उनले बताइन् ।

उनले भनिन– ‘हामीलाई थाहा छैन केलाई विश्वास गर्ने हो । र, म पक्का छु यस्ता अफवाहहरु अझ धेरै हुनेछन् । त्यसैले एफबीआइले जे भनिरहेको छ त्यसबारे हामीलाई स्पष्ट पार्न उ नैतिक रुपमा बाध्य छ ।’

क्लिन्टनले इमेल प्रयोगबारे गत जुलाईमा भएको एफबीआइको अनुसन्धानले उनले कुनै गैरकानुनी काम नगरेको जसरी स्पष्ट पारेको थियो अहिले पनि त्यसमा परिवर्तन नहुनेप्रति आफू विश्वस्त रहेको बताइन् ।

द न्यूयोर्क टाइम्सका अनुसार क्लिन्टनका समर्थकहरुले मतदानको दिन नजिक रहेको बेला यस्तो सूचना सार्वजनिक गर्ने त्यहााको न्यायमन्त्रालयका अधिकारीहरुको निर्णयको व्यापक रुपमा आलोचना गरेका छन् ।

क्लिन्टनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले एफबीआइको अनुसन्धानबारे टिप्पणी जारी राख्दै क्लिन्टनले जाने बुझेरै आपराधिक काम गर्न खोजेको आरोप लगाएका छन् ।

No comments:

Post a Comment

watch first and then search