watch first and then search
watch first and then search
Sunday, October 30, 2016
पर्यटकीयस्थल मिक्लाजुङ ओझेलमा
इलाम । प्रचार–प्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सङ्गमस्थल मिक्लाजुङ ओझेलमा परेको छ । पर्यटकीय सम्पदा भए पनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको अभाव, पर्यटक सूचना केन्द्रको अभाव, सुरक्षा चुनौतीलगायतका कारण सो क्षेत्र ओझेलमा परेको हो । रमणीयस्थल मिक्लाजुङमा पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवद्र्धन हुन सकेको छैन ।
समुद्री सतहदेखि दुई हजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो । सगरमाथा, कञ्चनजङ्घालगायतका हिमशृङ्खला तथा पूर्वका १४ वटा जिल्ला एक साथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सूर्योदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।
चौबीसै घन्टा शीतल हावा लागिरहने मिक्लाजुङ पुगेपछि जोकोही त्यहाँको भौगोलिक अवस्था एवम् दृष्यावलोकनबाट लोभिन्छन् । स्थानीवासी बेविन्द्र माखिमका अनुसार वर्षात्को समय होस् वा हिउँदमा, वरिपरिका क्षेत्रमा हुस्सु, कुहिरो लाग्दा समेत केही प्रभाव पर्दैन । यहाँ सूर्योदय अवलोकन गर्न चाहनेका लागि उत्तिकै महत्वपूर्ण छ ।
यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरुङ्गीको बासस्थान, लालीगुराँस, निगालो पाइने तथा मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नाश हुने, आयस्रोत बढ्ने, निःसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment