
कानपुर, ५ मंसिर, भारतको कानपुरमा आइतबार बिहानै भएको रेल दुर्घटनामा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय समयअनुसार ३ः१५ बजे इन्दोर–पटना एक्सप्रेस रेल दुर्घटना भएको हो ।
कारण नखुलेको दुर्घटनाबाट रेलका १४ वटा डिब्बा लिकबाट बाहिर खसेका थिए ।
सरकारले ६३ जनाको मृत्यु भएको पुष्टि गरे अझै बढी मरेको हुनसक्ने जनाइएको छ । रेलमा फसेका थुप्रै यात्रुको उद्धार हुँदैछ ।
सयौं मानिस घाइते भएका छन् ।
No comments:
Post a Comment